file photo

काठमाडौँ महानगरपालिकाले विद्यालयहरूले चाडपर्वका नाममा विद्यार्थीलाई विभिन्न पोशाक किन्न बाध्य पारेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ ।

विद्यालयहरूले नियमित पोशाकभन्दा बाहेक अन्य चाडपर्वका नाममा विभिन्न पोशाक खरिद गर्न लगाएको भन्ने गुनासो आएपछि महानगरपालिकाले त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

महानगर शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यालयले अन्य पोशाक किन्न बाध्य पार्न नमिल्ने बताए । ‘नियमित पोशाकमा एकरूपता ल्याउन विद्यालयले व्यवस्था गर्न सक्छ । तर त्यसबाहेक अन्य पोशाकका लागि विद्यार्थीलाई बाध्य पार्न मिल्दैन,’ उनले भने ।

महानगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पारेको पाइए महानगरपालिकाको शिक्षा ऐन, २०७५ बमोजिम कारबाही गर्ने जनाएको छ । साथै, त्यस्तो गरेको थाहा पाए महानगरपालिकालाई जानकारी गराउन समेत सूचित गरेको छ ।

शुक्रबार, ६ पुस, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !