काठमाडौँ स्वास्थ्य कार्यालयले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोपको पहिलो मात्रा सर्वसाधारणलाई दिन थालेको छ । विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई कार्यालयले एस्ट्राजेनिकाको पहिलो मात्रा दिइन थालेको हो । कार्यालय प्रमुख बद्रीबहादुर खड्काले यही भदौ १ गतेदेखि विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई खोप लगाउन थालिएको जानकारी दिनुभयो ।

जापान र भूटानबाट आएको एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाएको बचेपछि विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई पहिलो मात्रा खोप दिन थालिएको हो । भूटानबाट दुई लाख ३० हजार र जापानबाट पाँच लाख १३ हजार मात्रा एस्ट्राजेनिका खोप प्राप्त भएको थियो । पैसठ्ठी वर्षमाथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएकालाई भूटान र जापानबाट प्राप्त एस्ट्राजेनिका खोप प्रदान गरिएको थियो ।

स्वास्थ्य सेवा विभागका खोप तथा बालस्वास्थ्य शाखाप्रमुख डा। झलक शर्मा गौतमले सबै ज्येष्ठ नागरिकले दोस्रो मात्राका रुपमा एस्ट्राजेनिका नलगाएको हुनाले बचेको हुनसक्ने बताउनुभयो । काठमाडौं जिल्लाका सबै स्थानीय तहमा खोप लगाउन थालिएको छ । कार्यालयका अनुसार काठमाडौँ महानगरपालिकाका पाँच खोप केन्द्र तथा कीर्तिपुर, तारकेश्वर, नागार्जुन, बूढानीलकण्ठ, कागेश्वरी–मनहरा, टोखा र गोकर्णेश्वर नगरपालिकामा एक÷एक खोप केन्द्र तोकिएको छ ।

महानगरपालिकामा राधास्वामी आइसोलेशन सेन्टर, नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पताललाई खोप केन्द्र तोकिएको छ । कार्यालयले महानगरपालिकामा आवश्यकताअनुसार खोप केन्द्र थप्ने बताएको छ । अहिलेसम्म नेपालमा ४७ लाख ६४ हजार आठ सय ६५ व्यक्तिले पहिलो मात्रा र ३५ लाख ८६ हजार ६७३ ले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

बुधबार, २ भदौ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !