file photo

धनकुटा नगरपालिकाको सुकेपोखरीमा स्थानीय सोमबहादुर शाहीले करिब चार रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गर्नुभएको छ । उनले लगाएको फूल ढकमक्क फुलेको मात्र छैन, फुलेर सुक्नसमेत थालेको छ । गत वर्ष फूलबाट राम्रै आम्दानी लिएका शाही यो वर्ष भने आधा पनि आम्दानी नहुने हो कि भन्ने चिन्तामा छन । खेतमा रहेको फूललाई तिहारसम्म राख्न सकिँदैन कि भन्ने चिन्ता पनि उनलाई छ ।

सोही स्थानका कृष्ण हमालले पनि करिब १५ रोपनीमा फूल खेती गरेका छन । उनको अवस्थामा पनि त्यस्तै छ । “म तीन चार वर्षयता फूल खेती गर्दै आएको छु । कहिले फूल छिट्टै फुलेर समस्या हुन्छ त कहिले ढिलो फुलेर,” उनले भने, “कागतिहारदेखि भाइटीकाको अघिल्लो दिनसम्म मात्र फूल बिक्री हुन्छ । त्योभन्दा अगाडि र पछाडि फुलेको फूल काम लाग्दैन ।”

छोटो समयमा राम्रो आम्दानी र बजारको समस्या नभएपछि तिहारलाई लक्षित गरी धनकुटामा फूल खेती बर्सेनि बढ्दै गएको छ तर प्राविधिक ज्ञानको कमीले कृषक भने बर्सेनि मारमा पर्ने गरेका छन् । फलफूल तथा तरकारी खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका यहाँका कृषकले तिहारलाई लक्षित गरी गरिएको फूल खेती भने तिहारको खर्च जुटाउने मुख्य आम्दानीको स्रोत बन्ने गरेको छ ।

सुकेपोखरी तामाङ टोल, चिया पसल आससास करिब डेढ सय परिवारको बसोबास छ । सबैले अलि अलि भए पनि तिहारलक्षित फूल खेती गरेका स्थानीय मिलन खड्का बताउछन । तिहारमा व्यक्तिगत प्रयोजनका लागि मात्र लगाइने फूल खेतीले धनकुटामा एक दशकयता व्यावसायिक रूप लिएको छ ।

आइतवार, १९ कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !