अतिकम विकसित मुलुकका प्रतिनिधिहरुले स्वास्थ्य महामारीको सामना गर्न साझा प्रतिवद्धता आवश्यक रहेकोमा जोड दिएकाछन् । स्वास्थ्य महामारीबारे अन्तराष्ट्रिय कानुन र अतिकम विकसित मुलकहरुको सरोकार सम्बन्धमा आज काठमाडौमा भएको सम्मेलनले महामारीबाट उत्पन्न हुने स्वास्थ्य सेवाका चुनौतीहरूलाई  साझा प्रयासबाट सामधान गर्न सकीनेमा जोड दिएका हुन् । नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिंगर हाम्दीले महामारीमा सबै भन्दा बढी प्रभावित हुने समूह, महिला, अल्पसंख्यक–सीमान्तकृत समूहहरू भएकाले ठोस योजनाद्वारा सम्बोधन गर्नु पर्नेमा जोड दिनुयभो । जलवायू परिवर्तनको बढ्दो प्रभावका कारण सीमान्तकृत समूहहरूमाथि जोखिम बढ्दै गएको अवस्थामा महामारी तर्फ सचेत हुदै सबैको एकता आवश्यक रहेकोमा जोड दिनुभयो । ग्रामीण पुनर्निमार्ण संस्था आरआरएनका अध्यक्ष डा. अर्जुन कार्कीले महामारीको लागि पूर्वतयारी आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले कोभिड महामारीबाट पाठ सिक्दै अतिकम विकसित मुलुकहरुले यस्ता स्वास्थ्य महामारीबाट बच्नकोलागि सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्यबिज्ञ प्राध्यापक डा. अर्जुन कार्कीले स्वास्थ्य महामारी जुनसुकै समयममा आउन सक्ने र यसकालागि पूर्व तयारी गर्नुको बिकल्प नभएको बताउनुभयो ।  भविष्यमा आई पर्ने र आउन सक्ने महामारीसँग लड्न स्वास्थ्य क्षेत्रलाई सक्षम बनाउने संकल्पसमेत आवश्यक रहेकोमा जोड दिनुभयो ।

महामारी रोग बिज्ञ तथा शुक्रराज ट्रपिकल, सरुवारोग अस्पतालका चिकित्सा अनुसन्धान इकाई प्रमुख शेरबहादुर पुनले संघीयता लागु भए पछि महामारीको सामना गर्नु पर्दा संघीय सरकारहरुबीच समन्वय फितलो भएका कारण महामारीले धेरै असर पु¥याएको जिकीर गर्नुभयो ।  महामारीबाट बच्न आवश्यक पर्ने स्वास्थ्य उपकरणहरू भ्याक्सिन, जीवन रक्षक औषधि, स्वास्थ्य उपकरण, सूचना, विशेषज्ञता र स्वास्थ्य सेवामा सबैको पहुँचको सुनिश्चितता हुनु पर्नेमा उहाँको जोड थियो ।  कार्यक्रममा परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल, स्वास्थ्य सेवा विभागका डा.संगीता कौशल मिश्रा, मानवअधिकार रक्षकहरू गौरी प्रधान, रेणु अधिकारी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा. डा. केदार बराल, विश्व स्वास्थ्य सङ्गठनका विनोदकुमार बुरा, स्वास्थ्य अधिकारकर्मी शान्त लाल मुल्मी, प्रा. डा. शम्भु कुमार उपाध्याय लगायतले महामारी रोकथामको पूर्वतयारी आवश्वयक रहेको भन्दै महत्वपुर्ण स्वास्थ्य क्षेत्र अधिकारमुखी, सामाजिक न्याय, लैंगिक र पर्यावरणिय दृष्टिकोणमैत्री हुनु पर्नेमा जोड दिएका थिए । भविश्यमा आउन सक्ने महामारीकालागि अहिलेदेखि नै सचेत हुनु पर्ने उहाँहरुको भनाई थियो । स्वास्थ्य महामारी जुनसुकै समयममा आउन सक्ने र यसकालागि पूर्व तयारी गर्नुको बिकल्प नभएको उनीहरुको भनाई थियो ।

शुक्रबार, १९ अशोज, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो