कृषकहरुले धान, गहुँ र मकैलाई छाडेर तरकारी उत्पादनलाई जोड दिन थालको तथ्यांक सरकारले सार्वजनिक गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषिगणना अनुसार २०७८ सम्म आउँदा १७ लाख ३१ हजार हेक्टर जग्गा बालीले ओगटेको छ । जबकी २०६८ मा बालीले २१ लाख २३ हजार हेक्टर जग्गा बालीले ओगटेको थियो । कार्यालयका अनुसार अस्थायी बाली लगाएको जग्गाको क्षेत्रफल पहिले भन घटेको भएपनि जग्गा बढी सघन रुपमा उपयोग भएको देखिन्छ । कृषि गणना २०७८ अनुसार एक वर्षमा जम्मा दुई लाख ७० हजार हेक्टरम बाली मिसाएर लगाइएको छ । २०६८ को तुलनामा २०७८ मा एक लाख १३ हजार ७ सय ९४ हेक्टर कम जग्गामा मकै लगाइएको छ । २०७८ मा ५ लाख ५९ हजार ९०९ हेक्टर जग्गामा मकै लगाइएको थियो । त्यसैगरी गहुँ लगाउने जग्गामा कमी हुँदै गएको कृषिगणनाले देखाउँछ । २०६८ मा सात लाख ४९ हजार तीन सय ९४ हेक्टर जग्गा गहुँबालीमा प्रयोग भएको थियो । २०७८ मा घटेर जथम्मा ५ लाख ५९ हजार ९ सय ९ हेक्टर जग्गामा गहुँ लगाईएको देखिन्छ ।
भान्सामा प्रयोग हुने चामल उत्पादनका लागि आवश्यक धान उत्पादनमा समेत कमी हुने निश्चित देखिन्छ । कृषिगणना २०७८ अनुसार २०६८ मा १४ लाख ५५ हजार ९ सय ८२ हेक्टर जग्गा धानका लागि प्रयोग गरिएको थियो । २०७८ मा भने घटेर १२ लाख १६ हजार ३ सय ८७ हेक्टर जमिन धानका लागि प्रयोग भएको देखिन्छ । कृषकले तरकारी बालीलाई जोड दिएको तथ्यांकले देखाउँछ । २०६८ मा भन्दा २०७८ मा २३ हजार ३ सय २२.८ हेक्टर बढी जग्गामा तरकारी बाली लगाईको छ । २०६८ मा ८४ हजार हेक्टर जग्गामा तरकारी बालीका लागि प्रयोग भएको थियो । २०७८ मा भने एक लाख ८ हजार हेक्टर जग्गा तरकारी बालीको रुपमा प्रयोग भएको कार्यालयले जनाएको छ ।

आलु खेती गर्ने कृषक बढे
२०६८ मा आलुको खेती गर्ने कृषकको संख्या १६ लाख ४० हजार थिए । २०७८ सम्म आईपुग्दा बढेर १७ लाख १८ हजार पुगेको छ । आलु खेती सबैभन्दा बढी कोशी प्रदेश र जिल्लामा काभ्रे भएको तथ्यांकले देखाउँछ ।

बिहिबार, २१ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो