आरोही लाक्पा शेर्पालाई लागेकै थिएन की अफ्रीकाको सबै भन्दा अग्लो हिमाल किलिमन्जरो हिमालको सफल आरोहण गरौला भन्ने । बिभिन्न हिमाल चुम्दै चुम्दै हिमाल आरोहणमा लगातार लागेका उन्लाई तुलनात्मक रुपमा कठिनाइ होला भन्ने थियो । उनमा अफ्रीकाको सबैभन्दा अग्लो र प्रमुख चुचुरो किलिमन्जरो ५८९५ मिटर अग्लो हिमालको आरोहण गर्ने हुटहुटी त थियो नै । अत्यन्त उत्साहकासाथ आरोहणयात्रा तय गर्दै बुधबार भदौ ६ गते बिहान शेर्पाले यो चुचुरोमा पुगेर राष्ट्रिय झण्डा फहराउन सफल भए । क्षणभरमै बदलिरहने मौसमका कारण कतिबेला के हुन्छ अनुमान लगाउनै नसकिने प्रकृतिको नियम कठिन त छ नै । तर पनि नेपालको नाम राख्न र राष्ट्रिय झण्डा फहराउन उनी सफल भए ।
हिमाल नाम एउटै लाग्छ तर, फरक भनेको हिमालको उचाइ मात्रै हो । हिउँ उस्तै उस्तै हो, कतै मौसमको कारणले प्रभाव पार्छ । कतै सुख्खा हिमाल हुन्छ । हिमाल पिच्छे दृष्य फरक र अनुभूति फरक हुन्छ । मौसममा आएको अदली बदलीले बढाउने त्रास सबै उस्तै हुन् । धेरै हिमाल चढेर बेग्ला बेग्लै अनुभूति लिएका शेर्पाले आजकाल आफूलाई हिमाल र लाक्पा उस्तै उस्तै अनुभूति गर्न थालेकाछन् । हिमालकै कुरा हुन्छ र हिमालसंगै कुराकानी भएको महसुस उन्लाई हुन्छ । अनि सपना र बिपनामा पनि हिमालसंगै हुन्छन उनी । शेर्पाको पर्वतारोहणको चाँजोपाजो सभेन समिट ट्रेकले मिलाएको थियो ।
अफ्रीकाको हिमाल आरोहणका क्रममा नेपालको प्रचारप्रसार र सगरमाथा, लुम्बिनीलगायत नेपालका पर्यटकीयस्थलका बारेमा जानकारी दिएका शेर्पाले नेपाल भ्रमणको निम्तो दिएका थिए ।

संखुवासभा मकालुका शेर्पाले यसअघि बिभिन्न हिमालको आरोहण गरी सकेकाछन् । पर्यटनका माध्यमबाट देशको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास उनमा छ ।
देश पर्यटनको माध्यमबाट समुन्नत र समृद्धिको दिशामा अघि बढ्न सक्छ भन्ने उन्को भनाई छ । पर्वतारोहीलाई राज्यले पनि सम्मान गर्नुपर्ने उन्को तर्क छ । आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन विशेषज्ञबाट तालिमको यथोचित व्यवस्था गरी पूर्ण व्यावसायिक बनाउन आवश्यक छ उन्ले भने ।

बिहिबार, ७ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो