file photo

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको सञ्चार क्षेत्रमा सुधार ल्याउन आफू नेतृत्वको सरकारको योगदान रहेको दाबी गरेकाछन् । आफूले प्रधानमन्त्री भएका बेला अप्टिकल फाईबर र केबल कार बिछ्याउने कामदेखि सबै जिल्लाहरुमा फोरजी सेवा उपलब्ध गराउने अभियानलाई सफलतापूर्वक अगाडि सारेको हुनाले अहिले सञ्चार क्षेत्रमा नेपाल अलिक बलियो भएको ओलीको भनाई थियो । सांस्कृतिक समाज, नेपालले आज काठमाडौंमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा बोल्दै ओलीले नेपालको सञ्चार क्षेत्रलाई अझै सुदृढ बनाउन जरुरी रहेको समेत बताए ।
उनले नेपालको सुदूरपश्चिम क्षेत्रलाई इतिहास, राजनीतिक, सांस्कृतिक क्षेत्रको जागरणको उद्गम क्षेत्रको रुपमा चित्रण गर्दै अब यो क्षेत्र पछाडि परिरहन नसक्ने बताए । दुर्गम सुदूरपश्चिम क्षेत्रको कमजोरी भएपनि अब त्यसलाई कनेक्टिभिटीको माध्यमबाट हटाउने कामले तिब्रता पाएको उल्लेख गर्दै अध्यक्ष ओलीले सो ठाउँ अब सहज ढंगले अघि बढने बताए । उनले त्यहाँको देउडा संस्कृति हरेक नेपालीको आफ्नै संस्कृति भएको पनि बताएकाछन । ओलीले भने, सुुदूरपश्चिम प्रदेश सधैं पछाडि परिरहन सक्दैन । आज सुदूरपश्चिम पनि कर्णाली, काली कर्णाली, यो प्रदेश, यो भेग पनि पछाडि परेको छ । तर यो सधैं पछाडि पर्न सक्दैन ।
अध्यक्ष ओलीले सुदूरपश्चिम क्षेत्रले नै नेपालको राणा शासन अन्त्यका लागि विगुल फुकेको पनि स्मरण गराएका थिए । कार्यक्रममा देउडा संस्कृति झल्कने खालको सांस्कृतिक कार्यक्रम प्रर्दशन गरिएको थियो ।

सोमवार, ४ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो