file photo

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कर्मचारी भनेको स्थायी सरकार भएकाले कर्मचारीहरूसहित सबै मिलेर अब देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने जिकिर गरे । उनले अहिले पार्टीका नाम जुन कुनै राखे पनि सबै पार्टीहरू प्रजातान्त्रिक र संविधानअनुसार चलेको बताए ।

उनले भने, ‘कर्मचारी भनेको स्थायी सरकार हो । हामी भनेको राजनीतिक भनेको आउने जाने हो, निर्वाचित सरकार र स्थायी सरकार हुन्छ, त्यसैले वास्तवमा कर्मचारी भनेको स्थायी सरकार हो । त्यो स्थायी सरकार सशक्त हुनुपर्छ । अहिले प्रजातन्त्रवादी छन् । पार्टीको नाम जे राखे पनि सबैले संविधानलाई पालना गर्नुभएको छ । संविधानअनुसार पार्टी चलेका छन् ।’

सभापति देउवाले डेंगी संक्रमणलाई ध्यानमा राखेर सरकारले रोकथामका उपाय अवलम्बन गर्नुपर्ने बताए ।

शुक्रबार, १ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो