संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन ऐन छिट्टै ल्याइने आश्वासन दिएका छन । भोजपुर–पौवादुङ्मा सेवा समाज काठमाडौँले आज आयोजना गरेको भोजपुरको समग्र हितका लागि काठमाडौँमा रहेका संघ संस्थाहरुको भूमिका कार्यक्रममा उनले मुलुकको पर्यटन विकासका लागि समयसापेक्ष पर्यटन ऐन ल्याइने आश्वासन दिए ।
पर्यटनको विकास गरी जनताको आर्थिक हित कायम राख्न र पर्यटकीय उपयोग अभिवृद्धि र पर्यटकलाई अत्यावश्यक सुविधा उपलब्ध गराउने उद्देश्यले २०३५ सालमा पर्यटन ऐन ल्याएको स्मरण गर्दे उनले पर्यटन क्षेत्रको बिकासकालागि समयसापेक्ष नीति ल्याईने जानकारी दिए । पुरानो पर्यटन ऐनका कारण पर्यटन क्षेत्रको विकास प्रभावकारी हुन नसकेको गुनासो बढ्दै गर्दा मन्त्री किराँतीले यस्तो बताएका हुन् ।
पर्यटनमन्त्री किरातीले विज्ञ सरोकारवालाहरुको सुझाव संकलन गरेर पर्यटन ऐन बनाईने प्रतबिद्धता पनि व्यक्त गरे । पर्यटन क्षेत्रको समयसापेक्ष विकासका लागि पर्यटन ऐन बनाउँदै गरेको र एक महिने सुझाव लिएर पर्यटन ऐन बनाउनेतिर लाग्ने जानकारी दिए ।
उनले देशको विद्यमान विकासको ढाँचा परिवर्तन नगरेसम्म मुलुकको सन्तुलित विकास नहुने पनि बताए ।
उनले प्राकृतिक र सांस्कृतिक रुपमा समृद्ध रहेको भोजपुरको इतिहास र समग्र विकासलाई केन्द्रविन्दुमा राखेर विकासको ढाँचा बनाइनुपर्नेमा जोड दिए । भोजपुरको टक्सारको संरक्षण, सांस्कृतिक गाउँ, सङ्ग्रहालयको अवधारणा अघि सारिएको र यसका लागि सबैको सहयोग तथा सहकार्य चाहिने पनि बताए ।
कार्यक्रममा पूर्वमन्त्री एवं साहित्यकार शंकरप्रसाद कोइरालाले भोजपुरको भविष्य राम्रो रहेको धारणा राखे । भौतिक प्रगतिका दृष्टिकोणले केही पछि परे पनि शैक्षिक उन्नतीको रुपमा भोजपुर अग्र स्थानमा रहेका बताए । शिक्षा, पर्यटन, कृषि, खेलकुद क्षेत्रमा भोजपुर देशकै नमूना जिल्ला बन्न सक्ने भएकाले सबै सरोकारवालाले जिल्लाको विकासमा ध्यान दिनुपर्ने कोइरालाको भनाई थियो ।
पूर्वमन्त्री हेमराज राई, पूर्वमन्त्री टंक ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, नेकपा माओवादी केन्द्र भोजपुरका संयोजक नगेन्द्र भुजेल, नेकपा एमालेका केन्द्रीय सदस्य परशुराम अधिकारीलगायतले भोजपुरको विकासका लागि सबै सक्रिय भएर लाग्नु पर्ने बताए ।

आइतवार, २८ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो