आँखा पाक्ने सङ्क्रमण फैलिएपछि भरतपुर महानगरपालिकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो ।

हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी सोमबार २२ गतेदेखि २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए । आँखा पाक्ने रोग (एडिनो भाइरस) को सङ्क्रमण चितवनमा पनि बढ्दै गएको छ ।

यस्तै आँखा पाक्ने समस्या बढ्दै गएपछि रत्ननगर नगरपालिकाका सबै विद्यालय बन्द हुने भएका छन् । रत्ननगरले आइतबार एक सूचना जारी गर्दै सोमबारदेखि साउन २४ गतेसम्म पालिकाभित्रका कक्षा १२ सम्म सञ्चालन भएका संस्थागत विद्यालय बन्द गर्न अनुरोध गरेको हो । साथै बन्दको सूचना गर्नुपूर्व आँखाको सुरक्षासम्बन्धी सचेतीकरण गर्नसमेत अनुरोध गरेको छ ।

‘आँखाको समस्या बढ्दै गएको हुँदा साउन २२ देखि २४ गतेसम्म विद्यालय बन्द गर्नुहुन र बन्दको सूचनासम्बन्धी जानकारी गर्नुपूर्व आँखाको सुरक्षासम्बन्धी सचेतीकरणसमेत गर्न गराउनुहुन नगर कार्यापालिकाको साउन २१ गतेको निर्णय अनुसार अनुरोध छ, नगर शिक्षा अधिकारी बद्रीनारायण शर्माले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यसअघि खैरहनी नगरपालिकाले पनि शैक्षिक संस्थामा बिदा गर्ने निर्णय गरिसकेको छ । खैरहनीमा आइतबार र सोमबार बिदा दिइएको छ ।

सोमवार, २२ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान