सोलुखुम्बुमा किसानहरु चौरी पालन पेसाबाट पलायन हुने क्रम बढेको छ । पेसामा बढी कष्ट सहनुपर्ने र आम्दानी कम हुने भएपछि नयाँ पुस्ता पेसाबाटै पलायन हुने क्रम बढेको हो । विगत १० वर्षको तुलनामा चौरी पालन ९० प्रतिशतले घटेको चौरी पालन महासङ्घका जिल्ला अध्यक्ष नुरु शेर्पाले बताउनुभयो । उहाँका अनुसार अहिले सोलुखुम्बु जिल्लामा लगभग १ सय ५० जना कृषकले ५ हजार चौरी तथा याक पालन गर्दै आइरहेका छन् । आफ्नो पुर्ख्यौली पेसा चौरी पालन भए पनि विभिन्न कठिनाइका कारण चौरी पालन छाडेर छुर्पी, सेरग्याम, घिउ लगायतका अन्य दूग्धजन्य वस्तुको व्यापार गरिरहेको सोलुदूधकुण्ड नगरपालिका–४ फाप्लुका सार्की शेर्पाले बताउनुभयो ।
चौरी पालनका लागि खर्क पुग्नुपर्ने, चरण क्षेत्रमा निषेध हुने, बजारीकरणको समस्या हुने र गोठमा बस्ने कामदार नपाउने जस्ता कारणले व्यवसाय परिवर्तन गरेको शेर्पाको भनाइ छ । आम्दानी उस्तै भए पनि चौरी पालनभन्दा त्यसबाट बनेका दूधजन्य पदार्थ बेच्न सहज हुने उहाँले बताउनु भयो । सोलुदूधकुण्ड नगरपालिकाकै अर्का चौरी पालक व्यवसायी रिञ्जी शेर्पाले विगतको तुलनामा चौरी पालन व्यवसायमा युुवाहरुको आकर्षण घटेको बताउनु भयो । चरिचरणका लागि जङ्गलमा छाडिएका चौरीलाई जङ्गली जनावरहरुले आक्रमण गर्दा निकै समस्या भएको उहाँले बताउनु भयो ।

त्यस्तै १८ वर्षदेखि चौरी पालन गर्दै आएका सोलुखुम्बु टाक्टोरका व्यवसायी देण्डी शेर्पा भन्नुहुन्छ, ’जङ्गली जनावरको आक्रमण त हुने नै भयो प्रत्येक १२÷१५ दिनमा गोठ स्थानन्तरण गर्न निकै कठिनाइ हुने गर्छ ।’ गोठमा बस्ने जनशक्तिको अभाव हुँदा सार्ने बेलामा मान्छे खोज्नु पर्ने र भनेको बेला मान्छे नपाउँदा गोठ स्थानान्तरणमा समस्या हुने गरेको उहाँले बताउनु भयो । जिल्लाको ८ पालिकामध्ये थुलुङ दूधकोशी र नेचासल्यान गाउँपालिका बाहेकका अन्य पालिकाहरुमा धेरथोर चौरी पालन गर्ने कृषकहरु रहेका चौरी पालन व्यवसाय महासङ्घले जनाएको छ ।

आइतवार, २४ असार, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो