सामुदायिक विद्यालय परिवर्तनको लागि निरन्तर अभियान अन्तर्गत संखुवासभाको श्री बालविकाश आधारभुत विद्यायलय लामिचौरमा यो बर्ष बिद्यार्थी संख्या ह्वातै बढेको छ ।

चैनपुर–७ भ्यागुते ढुङ्गाको शैक्षिक सत्र २०८० को पहिलो कार्यक्रम अभिभावक बीच छलफल र सम्मान कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक सुरेन्द्र तामाङले बिद्यालयमा शैक्षिक सुधार हुँदा बिद्यार्थीको संख्या बढ्दै गएको बताउनुभयो ।

बिद्यालय सुधार कार्यक्रम अनुसार सामुदायिक विद्यालय परिवर्तनका लागि हातेमालो गर्दै चैनपुर नगरपालिकाका अमिन प्रकाश बजगाँईले शैक्षिक सत्र २०८० भरिका लागि कपि, पेन्सिल , इरेजरलगायतका शैक्षिक सामाग्री प्रदान गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीमाया अधिकारीले बिद्यायल सुधार कार्यक्रममा महत्वपूर्ण भुमिका खेलेको भन्दै अभिभावकलाई सम्मानीत गर्नु भएको थियो ।
शैक्षिक सत्रको सुरुवातसँगै विभिन्न विद्यालयबाट आधारभुत विद्यालयमा आउनुभएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा एकरुपताका लागि निशुल्क ट्रयाकसुट,टाईबेल्ट, टीसर्ट , ब्याग वितरण समेत गरीएको थियो ।

सामुदायिक विद्यालय परिवर्तन र सुधार कार्यक्रम अन्तर्गत यस विद्यालयका शिक्षक अहोरात्र खटी महत्त्वपूर्ण योगदान पु¥याउनु भएकोमा सम्पुर्ण सेवा क्षेत्रको अभिभावकहरुको प्रतिनिधित्व गर्नुहुदैं विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मीमाया अधिकारीले विद्यालय का प्रधानाध्यापक सुरेन्द्र तामाङ लगायत शिक्षक हरुलाई प्रशंसा पत्रद्वारा सम्मान गर्नुभएको थियो ।

कार्यक्रम सँगसँगै २०७९ को एकसय प्रतिशत छात्रा र दलित छात्र विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरीएको थियो ।

शुक्रबार, ५ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो