नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि काठमाडौमा शुरु हुँदैछ । भृकुटीमण्डपस्थित महाधिवेशनस्थलको साज-सजावट लगायतका सम्पूर्ण तयारी पुरा भएको छ ।

मञ्चलगायत झण्डा र पर्चा-पम्पलेटले महाधिवेशनस्थलमा सिँगारिएको छ । पार्टी सभापति प्रधानमन्त्री शेरवहादुर देउवाले आज दिनको १ बजे महाधिवेशनको उदघाटन गर्ने कार्यक्रम छ ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि पहिलोपटक हुन लागेको नेपाली कांग्रेसको यो महाधिवेशन देशको लोकतन्त्र र विकसित संसदीय शासन प्रणालीको अभ्यासका साथै लोकतान्त्रिक मूल्यमान्यता र विधि र पद्धतिको निरन्तरताका लागि निकै महत्वपूर्ण मानिएको छ ।

स्थापनाकालदेखि नै संसदीय प्रजातान्त्रिक व्यवस्था अंगिकार गरेको मुलुकको सबैभन्दा जेठो राजनीतिक पार्टी नेपाली कांग्रेसले संसदीय शासन प्रणालीको स्थायित्व र विकासका लागि विभिन्न समय र कालखण्डहरुमा क्रान्ति र संघर्षको नेतृत्व गरेको इतिहास छ ।

देशमा बहुदलिय संसदीय शासन प्रणालीको स्थायित्व र विकासका लागि कटिबद्ध रहेको नेपाली कांग्रेसको यस महाधिवेशनले तय गर्ने राजनीतिक कार्यदिशा र नेतृत्व आम मुलुकका लागि यतिखेर चासो र सरोकारको बिषय बनेको छ ।

महाधिवेशनमा मुलतस् नीति र नेतृत्वको विषयमा वहस केन्द्रीत हुने छ । महाधिवेशननमा सहभागी हुन देशभरीका करीव ४ हजारभन्दा बढी प्रतिनिधिहरु काठमाण्डौं आइसकेका छन् ।

यसैगरी भारत लगायत विभिन्न मुलुकका पाहुनाहरु पनि काठमाण्डौं आइपुगेका पार्टीले जनाएको छ । उदघाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरलाई आमन्त्रण गरिएको छ ।

 

शुक्रबार, २४ मंसिर, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान