सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका १६ सय १३ सय कर्मचारीको एकै पटक सरुवा गरेको छ । मन्त्रालयले लोकसेवा आयोगबाट स्थानीय तहमा सिफारिस भएर कार्यरत १६ सय १३ कर्मचारीको मङ्गलबार सरुवा गरेको हो ।

अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै आएका कर्मचारीले दिएको निवेदनका आधारमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

‘लोकसेवा आगोबाट स्थानीय तहमा सिफारिस भएर स्थायी नियुक्ति भएका र अन्तर स्थानीय तह कामकाजमा खटाउन यस मन्त्रालयबाट हालसम्म निवेदन पेश गरेका कर्मचारीलाई मन्त्रालयको निर्णय अनुसार अन्तर स्थानीय तहमा खटाइएको हो’, मन्त्रालयका शाखा अधिकृत रविन्द्रप्रसाद पौडेलले भने ।

‘मापदण्ड बमोजिम सम्बन्धित स्थानीय तहबाट प्राप्त दोहोरो सहमतिका आधारमा कामकाजमा खटाइएको हुँदा यस मन्त्रालयको निर्णयअनुसार कामकाजमा खटाइएका कर्मचारीलाई प्रचलित कानुन बमोजिम रमाना दिने र हाजिर गराउने कार्य निर्वाध र सहज रुपमा गराएको र सोको जानकारी यस मन्त्रालयमा गराउन हुन सम्पूर्ण स्थानीय तहमा समेत हार्दिक अनुरोध छ’, सरुवा सूची सार्वजनिक गर्दै मन्त्रालयले भनेको छ ।

मङ्लबार, २१ मंसिर, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !