मुसहर महिला सशक्तिकरण मञ्चको अगुवाईमा ४८ जना बालबालिकालाई विद्यालय भर्ना गरिएको छ । सर्लाहीको हरिपुर नगरपालिका ६ लक्ष्मपिुरका मुसहर महिलाहरुले मञ्चको अगुवाइमा समुदायका ४८ जना बालबालिकाहरुलाई विद्यालय भर्ना गराएका हुन् ।

मञ्च लक्ष्मीपुरकी सचिव मनिष माझीको अगुवाईमा बालबालिका विद्ययालय भर्ना अभियान अन्तरगत श्री सार्वजनिक माद्यामिक विद्यालयमा २६ छात्र र २२ छात्रा गरी जम्मा ४८ बालबालिकाहरुलाई भर्ना गरिएको हो । केही नयाँ र केही पुराना बिचमा विद्यालय छोडेकाहरुलाई विद्यालय निरन्तरता गरिएको समुहकी अध्यक्ष पल्टनिया देवी माझीने बताए ।

अध्यक्ष माझीले प्रधान अध्यापक समक्ष विद्ययालयले दलितको लागि दिने ४ सय रुपैयाँ नदिएर पैसाको सट्टा पोशाक उपलब्ध गराउन अनुरोध गरेकी थिइन ।

विद्यालयका प्रधान अध्यापक राम अवतार चौधरीले मुसहर समुदायमा आएको शिक्षा प्रतिको आकर्षण देखेर भर्ना हुने सबै बालबालकिालाई विद्यालयको तर्फबाट हप्तादिन भित्रमा पोशाकको व्यवस्था गरिदिने बाचा गरे । साथै उनले दलितको लागि दिइने ४ सय रुपैयाँ समेत उपलब्ध गराउने बताए ।

साप नेपालको आयोजनामा सञ्चालित नेपालको स्थानीय सरकारमा लैङ्गिक उत्तरदायी तथा सुशासन प्रर्बद्धन कार्यक्रम अन्तर्गत हरिपुर नगरपालिकामा १० वटा समुह गठन गरेर जन्म दर्ता अभियान सञ्चालन गर्दै आएको छ । यस क्रममा २ सय पचास भन्दा बढी बालबालिकाको जन्म दर्ता गरेको ।

समुहमा बचत गर्ने, आय आर्जन गर्ने, लैङिक हिंसा, बाल विवाह, जाँड रक्सी जुवातासबिरुद्ध अभियान सञ्चालन गर्दै‍ आएको साप नेपालका प्रादेशिक संयोजक जनक कार्कीले बताए । समुहमा आबद्ध भएर तालिम तथा रिफ्लेक्ट कक्षामा भाग लिएपछि मुसहर महिलाहरुमा चेतनाको विकास भएको कार्कीले बताए । हरिपुरका पिडारी, चिताइन, जुटपानी र असन्वामासहित बरहथवा, चन्द्रनगर र बसबरीयामा समेत भर्ना समुहका मुसहर महिलाहरुको सक्रियतामा भर्ना अभियान सञ्चालन भइरहेको उनले बताए ।

हरिपुर नगरपालिका ६ लक्ष्मीपुरमा गठित मुसहर महिला सशक्तिकरण मञ्चमा रिफ्लेक्ट कक्षा सञ्चालन गर्ने क्रममा वडा अध्यक्ष समक्ष, नाला निमार्ण गर्ने, जनता आवास कार्यक्रम, शौचालय निमार्ण र आयआर्जनका योजना माग गरेका थिए ।

बुधबार, १३ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान