हुम्ला सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिका–५ का सबै घरधुरीलाई उन्नत बीउ वितरण गरिएको छ । खार्पुनाथ–५ किसान व्यावसायिकरूपमा तरकारी खेती गर्न आकर्षित होउन् भन्ने हेतुले बीउ वितरण गरिएको हो ।

सबै घरधुरीलाई आयआर्जनमा वृद्धि गर्न तरकारीका कीट सहयोग गरेको वडाध्यक्ष भरतजङ्ग शाहीले बताउ । उनले वडाभित्रका सबै तीन सय ६३ घरधुरीलाई सात प्रकारका उन्नत बीउ वितरण गरिएको जानकारी दिए । स्थानीयलाई राजस्वको दायरामा ल्याउनका लागि वडामा वितरण गरिएका सातै प्रकारका बीउका लागि वडाले रु १० लिएको वडाध्यक्ष शाहीले बताए । काउली, बन्दा, टमाटर, गाँजर, मुला, धनियाँ र सागका बीउ रहेका छन् ।

उक्त वडाबाट सदरमुुकाम सिमकोटमा समेत तरकारी आपूर्ति हुने गर्छ । वडाध्यक्ष शाहीले विभिन्न समयमा आफ्ना वडावासीलाई आवश्यकतानुसार कम्मल, खाद्यान्नलगायत सहयोग गर्दै आएकाछन् । रासस

मङ्लबार, १२ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो