बागलुङ बजार नजिकैको चर्चित ‘कृषि गाउँ । बिजुली पावर हाउस नामलाई बदलेर कृषि गाउँ बनाउन पहल गर्ने व्यक्ति हुन् लक्ष्मी पुन थापा ।

सदरमुकाम आएपछि लक्ष्मी र गङ्गाले बागलुङ नगरपालिका–३ स्थित बिजुली पावर हाउस नजिकै आठ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्न सुरु गरीन ।

कृषिकर्ममा सहयोग गर्दै गर्दै लक्ष्मीले स्नातक तह पनि उत्तीर्ण गरिन् । कृषक परिवारबाट हुर्किएकी उन्को लगाव माटोमै बढ्दै गयो ।
आफू सरकारी जागिर खान्छु भनेर हिँड्दा नभएपछ लिएको लक्ष्य प्राप्त गर्न कठिनाइ हुने लागेपछि लक्ष्मीले आफ्नो रहर कसैलाई नभनी माटोसँगै रमाउन थालीन् । गाउँकै पहिलो कृषक परिचयपत्र प्राप्त गर्ने अगुवा कृषक बनेकामा लक्ष्मीलाई सबैभन्दा ठूलो खुसी मिलेको छ ।

लक्ष्मीले डोकामा च्याउ बोकेर बागलुङमात्र होइन, पर्वत र म्याग्दी पनि पुगेर बेच्ने गरेको स्मरण गर्छिन् । ’डोकामा च्याउका पोका पारेर पर्वत, म्याग्दीको बेनी पुगेँ, बागलुङ बजारमै ठेलामा डुलाइडुलाइ बेचेँ”, लक्ष्मी भन्छिन्, यो खुसी नै सबैभन्दा ठूलो सन्तुष्टि हो ।’

राहुल कृषि फार्म दर्ता गरेर लक्ष्मीले च्याउखेती, तरकारी तथा फलफूलका बिरुवासमेत उत्पादन गर्दै आएकी छन् । पछिल्लो समय गाउँ–गाउँमा कृषकलाई कृषि तालिम प्रदान गर्न हिँड्छन् । लक्ष्मी भने आफ्नो फार्ममा मात्र होइन, जिल्लाका अन्य कृषकले उत्पादन गरेका फलफूल तरकारी बेच्न किसान मार्ट सञ्चालन गरेका छन् ।

कुनै बेला सरकारी जागिर खाने सपना देख्ने गरेकी लक्ष्मीको आजभोलि सपनामात्र फेरिएको छैन, फेरिएको सपना पूरा गर्ने लक्ष्य र उद्देश्यको नयाँ योजना बनिरहेको छ । म्याग्दीको भकिम्लीमा लक्ष्मीको किबी फार्म छ । उनको नर्सरीमा तरकारीका मात्र होइन, किबी, ड्रागन फ्रुटका बिरुवा छन् । गड्यौलाको उत्पादन छ । भोलिका दिनमा फूलका बिरुवा उत्पादन गर्ने योजना छ ।

लक्ष्मी बिजुली पावरहाउसमा तरकारी खेती गर्न सुरु गर्दा त्यस क्षेत्रका अन्य जग्गा जमिन बाँझै थिए । अहिले खेतका हरेक गराहरूमा तरकारी फलिरहेका छन् । गाउँको नाम फेरिएर कृषि गाउँ बनेको छ । तर, पछिल्लो समय बाहिरबाट तरकारी आउँदा तरकारी खेती गर्ने कृषले उत्पादन गरको तरकारी बिक्न छाडेको छ । किन भने बाहिरबाट तरकारी आउँदा काम हुने तर दाम कमाउन गारो परेको छ ।

उत्पादन गरेको तरकारी नबिक्ने भएपछि किसानहरु निरास हुन थालेकाछन् । त्यसैले उत्पादन भएका तरकारीको बजार खोजिदिनु पर्ने उनीहरुको माग छ ।

सोमवार, ११ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो