file photo

विदेशी मुद्रा आर्जनमा देशको अर्थतन्त्रका लागि एक हिस्सा बन्दैगएको नेपाली चियाका लागि थप विदेशी बजारको खोजी थालिएको छ ।

विगतदेखि नै केही मात्रामा नेपाली चिया जाने गरेको जर्मनी, रुस, जापान, युएइ, चीन, डेनमार्क, नर्वे, क्यानडा, स्वीजरल्याण्ड, नेदरल्याण्ड, अमेरिका लगायतका देशमा थप सम्भावित बजारको खोजी थालिएको राष्ट्रिय चिया तथा कफी विकास वोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले बताए ।

‘चीनमा नेपाली चियाले गोल्ड मेडल पाएपछि त्यसको प्रभाव अहिले विश्व बजारमा परेको छ । संकेत राम्रो छ, मुल्य राम्रो छ’ डा. भट्टराईले भने, ‘यी देशमा हाम्रो चियाको ट्रेडमार्क पनि दर्ता गर्नुपर्छ भनेर वाणिज्य मन्त्रालयसँग कुरा गरिरहेका छौं ।’ अहिलेसम्म नेपाली चियाको ट्रेडमार्क भारत र अमेरिकामा मात्र दर्ता गरिएको छ ।

‘पुराना बजार त छँदैछन्, अब नयाँ सम्भावित बजारमा प्रवेश गर्नुपर्छ भन्ने तयारी गर्दैछौं ।’ डा. भट्टराईले भने, ‘अब आउँदैगरेको राष्ट्रिय चिया दिवसले पनि यसलाई सघाउ पुग्नेछ । सरकारले वैशाख १५ गतेलाई राष्ट्रिय चिया दिवस मनाउँदैआएको छ ।

यसवर्ष वैशाख १५, १६ र १७ गते अयोजना गरिएको दिवसको काठमाडौंमा उदघाटनपछि इलाममा ‘टी टेस्टिङ’ को कार्यक्रम तय गरिएको कार्यकारी निर्देशक भट्टराईले जानकारी दिए ।

इलाममा गर्ने तय भएको टी टेस्टिङ कार्य चिया उद्योगी, चिया सहकारी र किसानका लागि महत्वपूर्ण हुने केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले बताए ।

‘विदेशी वायरहरु टी टेस्टिङका लागि इलामसम्म आइपुग्छन् । महासचिव राईले भने, ‘त्यति मात्र होइन, विदेशीले चियाको बोटमै पुगेर हरियो पत्ती टिप्न रुचाउने गरेकाले पनि किसानले उत्पादन गरेको अर्गानिक चियाको अवसर महत्वपूर्ण छ ।’

शनिबार, ९ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो