स्याङ्जाको फेदीखोला गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने कृषकलाई प्रोत्साहन गर्ने भएको छ । पालिकाले बालीअनुसार न्यूनतम क्षेत्रफलमा खेती गर्ने कृषकलाई प्रोत्साहनस्वरूप अनुदान दिन लागेको हो ।

गाउँपालिकाभित्रका बाँझो रहेको जग्गा न्यूनीकरण गर्ने उद्देश्यअनुरूप दुई वर्षदेखि बाँझो रहेको खेतबारीमा खेती गर्ने कृषकहरूलाई प्रोत्साहनस्वरूप अनुदान दिन लागिएको कृषि विकास शाखाले जनाएको छ ।

पालिकाका अनुसार धान खेतीमा अनुदान पाउन न्यूनतम् २ रोपनी जग्गामा खेती गर्नुपर्ने छ । जसमा आफ्नै जग्गा भए पालिकाले प्रति २ रोपनीको ४ हजार रुपैयाँ र भाडामा लिएको भए प्रति २ रोपनीका ५ हजार रुपैयाँ अनुदान दिने बताइएको छ । यस्तै कोदो, मकै, दलहन र तरकारीका लागि भने कम्तीमा १ रोपनी जग्गामा खेती गर्नुपर्ने छ ।

कोदो र मकैका लागि आफ्नै जग्गा भए प्रति १ रोपनी २ हजार रुपैयाँ र भाडामा भए २ हजार ५ सय रुपैयाँ अनुदान उपलब्ध गराइने भएको छ । त्यसैगरी दलहन वा तरकारीमा आफ्नै जग्गा भए प्रति १ रोपनीको २ हजार र भाडामा लिएको भए २ हजार ५ सय रुपैयाँ दिइने छ ।

ईच्छुक कृषकहरूलाई सम्बन्धित वडा कार्यालयमा वैशाख १० गतेभित्र निवेदन पेश गर्न पालिकाले अनुरोध गरेको छ ।

शुक्रबार, ८ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो