प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक बिहीबार अपरान्ह ४ बजे बस्दैछ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा एमालेको दशौं महाधिवेशन सम्बन्धमा विषय केन्द्रीत रहने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० देखि १२ गते चितवनमा आयोजना हुन गइरहेको छ । दशौं महाधिवेशनको मापदण्ड र कार्यतालिका सम्बन्धमा पार्टीको स्थायी कमिटीको बैठकमा छलफल हुने तामाङले बताए ।

यसैगरी, एमालेको कात्तिक ६ गते भएको वडा अधिवेशन र कात्तिक ९ गते भएको पालिका अधिवेशनको समीक्षा पनि हुने उनले बताए ।

बिहिबार, ११ कार्तिक, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान