file photo

व्यावसायिक बाख्रापालनमा लाग्नुभएका भोजपुरका गुणराज राउतले बाख्रापालनबाट वार्षिक रू तीन देखि पाँच लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । विदेशमा १५ वर्ष बिताउनुभएका राउतले स्वदेश फर्केर व्यावसायिक बाख्रापालन थाल्नुभएको हो । उहाँले टेम्केमैयुङ गाउँपालिका–१ तिम्मामा बाख्रा फार्म सञ्चालन गर्दै आउनुभएको छ ।

उहाँले सञ्चालन गरेको हितेश बाख्रा फार्ममा एक सय ५० बाख्रा छन् । विदेशमा लामो समय बिताउँदा पनि जीविकोपार्जनमा समस्या भएपछि स्वदेश फर्केर १० वर्षदेखि बाख्रा पालन गर्दै आएको राउतले बताउनुभयो । “तीन देशमा गरी मैले १५ वर्ष विदेशमा बिताए । धेरै मेहनत गर्दा पनि सोचेजस्तो आम्दानी गर्न सकिनँ । विदेशमा दुःख गर्नु भन्दा स्वदेशमै गर्छु भनेर १० वर्षदेखि यहाँ बाख्रापालन गर्दै आएको छु । यो व्यावसायबाट राम्रो आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो ।

विदेशमा गर्ने मेहनत यहाँ गर्न सके आफ्नै ठाउँमा परिवारसँग बसेर राम्रो आम्दानी लिन सकिने राउतको भनाइ छ । विदेशमा बगाउने पसिना यही बगाए देशलाई पनि योगदान पुग्ने र जीविकोपार्जनमा समस्या नहुने उहाँले बताउनुभयो । “ठूलो सपना देखेर विदेश गएँ”, उहाँले भन्नुभयो, “विदेश जानु पहिला यही व्यावसायिक कृषिमा लागेको भए हुने रहेछ । अहिले पछुताएको छु । योजनाबद्ध रूपमा व्यवसाय गर्न सके यहाँ नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिन्छ ।”

बाख्रालाई समय–समयमा लाग्ने रोगले भने समस्या दिने गरेको राउतको भनाइ थियो । ग्रामीण भेगमा पशु चिकित्सकको उपस्थिति कम हुने तथा कृषकलाई बाख्रापालन र बाख्रामा लाग्ने रोगका विषयमा जानकारी नहुँदा समस्या हुने गरेको उहाँले बताउनुभयो ।

“बाख्रा बिरामी हुँदा उपचार गराउन समस्या छ”, राउतले भन्नुभयो, “राज्यले उपचारका लागि सहज वातावरण बनाइदिए राम्रो हुन्थ्यो । मैले त लामो समय भएकाले अनुभवका आधारमा पनि उपचार गराइरहेको छु । तर भर्खर व्यवसाय थाल्नेलाई भने समस्या छ ।” उहाँले फार्ममा भएका सबै बाख्रको बीमा गराएको भन्दै बीमा रकम लिन भने झन्झट रहेको बताउनुभयो ।

विदेशबाट फर्केर स्थानीय खड्गबहादुर राउतले पनि व्यावसायिक रूपमा सतुवा तथा चिराइतो खेती गर्दै आउनुभएको छ । उहाँले वार्षिक रू तीनदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो । “विदेशमा लामो समय बिताए । सोचजस्तो आम्दानी गर्न सकिनँ”, उहाँले भन्नुभयो, “अहिले व्यावसायिक रूपमा जडीबुटीको खेती गरिरहेको छु । परिवारको दैनिक घर खर्च धानेर राम्रै आम्दानी गर्दै आएको छु ।”

विदेशबाट फर्केर प्रेम बस्नेतले पनि बाख्रापालन गर्दै आउनुभएको छ । व्यावसायिक भएर काम गर्दा आनन्द हुने बस्नेतको भनाइ छ । “विदेशमा धेरै नै दुःख छ”, उहाँले  भन्नुभयो, “यहाँ दुःख गरेको सबैले देख्छन् । परिवारसँग बसेर मिठोमसिनो खान पाइन्छ ।  विदेशमा गर्ने दुःख यहाँ गर्ने हो भने पैसा कमाउन कुनै समस्या छैन ।” विदेश यहाँबाट सोचेर गएजस्तो सहज नहुने उहाँको भनाइ थियो ।

विदेशबाट फर्केर यहाँका धेरै युवाले व्यावसायिक रूपमा कृषि व्यवसायका साथै पशुपालन गर्दै आएका छन् । आवश्यक प्राविधिक ज्ञानको अभावका कारण केही समूया हुने गरेको उनीहरुको भनाइ छ । कृषिका क्षेत्रमा राज्यले तालिम तथा आवश्यक प्रविधिक ज्ञान उपलब्ध गराउन सहजीकरण गरिदिए व्यवसायमा लाग्न थप हौसला मिल्ने किसानले बताएका छन् । रासस

शनिबार, २५ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो