सुनसरीको दुहबीमा न्यायमा पहुँच पुर्‍याउने उद्देश्यले निःशुल्क हटलाइन सेवा सुरु गरिएको छ ।

आजबाट हिंसा पीडितहरू लगायतलाई न्यायमा पहुँच पुर्‍याउने उद्देश्यले दुहबी नगरपालिकाले निःशुल्क हटलाइन सेवा सुरु गरेको हो ।

महिला, बालबालिका, अशक्त असहाय तथा ज्येष्ठ नागरिकहरू लगायतको न्यायमा पहुँच र घरेलु हिंसा न्यूनीकरणका लागि निःशुल्क हटलाइन टेलिफोन नम्बर १६६०२५५८८९५ जारी गरिएको छ । दुहबी नगर प्रमुख वेदनारायण गच्छदारले निःशुल्क हटलाइन सेवाको उद्घाटन गर्दै द्रुत गतिमा न्यायमा पहुँच पुर्‍याउन निःशुल्क हटलाइन सेवाबाट दुहबीवासी प्रत्यक्ष लाभान्वित हुने आफु आशावादी भएको बताउनुभयो ।

दुहबी नगर उपप्रमुख मेनुका पोखरेल खतिवडाले चुनावमा दुहबीका नागरिकसँग गरेको वाचाको सङ्कल्प पत्र अनुसार महिला माथिको विभेद र अपमान तथा महिला हिंसा अन्त्य गर्न र महिलालाई समान अधिकार, सम्मान र अवसरमा प्राथमिकता दिने बाचा अनुसार निःशुल्क हटलाइन सेवा विस्तार गरेको बताउनुभयो । उहाँले

स्थानीय हिंसा पीडित नागरिकलाई सूचीकृत गरि राहत तथा क्षतिपूर्तिको व्यवस्था समेत गरिरहेको जानकारी दिनुभयो ।

बिदाको दिन बाहेक आइतबारदेखि बिहीबार बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म र शुक्रबार बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म निःशुल्क हटलाइन सेवा सञ्चालनमा रहने नगरपालिकाले जनाएको छ ।

बुधबार, २२ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो