Trending
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत नेपाल प्रहरीलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरलाई एक कार्यक्रमकाबीच तीसलाख रुपैया बराबरको चेक हस्तान्तरण गर्नुभयो ।
नेपाल प्रहरीले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरु शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, खेदकुद, प्रकोप व्यवस्थापन, ट्राफिक सचेतना, प्रहरी परिवारलाई उद्यमशीलतासम्बन्धी कार्यक्रम सञ्चालन गर्न आर्थिक सहयोग गरिएको बैंकका कार्यकारी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेल, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख र वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति थियो ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २ सय ६५ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २ सय ६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ, क्यूआर कोडसेवा, पीओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर, इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाइल बैंकिङ तथा बिना इन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङका सेवाहरुसमेत सञ्चालनमा छन् ।