शुक्रबारबाट शुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पाँच लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये १४ जना जापानबाट एसइईमा सहभागी हुन लागेका हुन् ।

पाँच लाख १६ हजार ५९१ परीक्षार्थीका लागि देशभरका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र कायम गरिएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभएको छ । जापानी विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको छ ।

यस वर्ष छात्राभन्दा छात्रको संख्या बढी रहेको छ । दुई लाख ६० हजार ६७४ छात्र र दुई लाख ५५ हजार ९१७ छात्रा परीक्षामा सहभागी हुने श्रेष्ठले जानकारी दिनुभएको छ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको नियन्त्रक श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उत्तरपुस्तिका हरेक परीक्षा केन्द्रमा पुगेको छ, प्रश्नपत्र केन्द्रको नजिक रहेको सुरक्षा केन्द्रमा पुगेको छ ।’

पनिकाका अनुसार सबैभन्दा धेरै विद्यार्थी तथा परीक्षा केन्द्र बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा छन् । बागमती प्रदेशमा ४३४ परीक्षा केन्द्र र एक लाख ६ हजार ९५९ विद्यार्थी छन् । सबैभन्दा कम रहेको कर्णालीमा १७९ परीक्षा केन्द्र र परीक्षार्थी ४१ हजार ३२९ रहेको बोर्डले जनाएको छ ।

त्यसैगरी, कोसी प्रदेशमा ३७८, मधेसमा २७९, गण्डकीमा २२३, लुम्बिनीमा ३३४ र सुदूरपश्चिम प्रदेशमा २०९ परीक्षा केन्द्र तय गरिएको छ । अघिल्लो वर्षको एसइईमा देशभरबाट पाँच लाख १८ हजार एक सय ८५ विद्यार्थीले आवेदन भरेकामा चार लाख ९५ हजार ६ सय ४८ जना परीक्षामा सहभागी भएका थिए ।

बुधबार, १५ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !