शून्यमा झरेको कोरोना सङ्क्रमण बढ्न थालेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिर अधिकारीले जुनसुकै भेरिएन्ट आए पनि सङ्क्रमणको जोखिम कम गर्न जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गर्नुभएको हो।

मन्त्रालयको तथ्यांक अनुसार शून्यमा झरेको कोभिड सङ्क्रमण एक हप्तादेखि बढ्न थालेको हो। विभिन्न नाकाबाट आवत जावत हुँदा संक्रमितको संख्या बढेको सह–प्रवक्ता अधिकारीको भनाइ छ।

सोमबार १२ सय ६६ जनामा परीक्षण गर्दा ६९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रिय संक्रमितको संख्या ६६ पुगेको छ।

आइतबार १६, शनिबार तीन, शुक्रबार दुई, हिबीबार १७ जनामा कोरोना पुष्टि भएको थियो। गत बुधबार १३ सय ८७ जनाको कोरोना परीक्षण गर्दा संक्रमणदर शून्य थियो।

आफू  र अरुलाई सुरक्षित राख्न सही तरिकाले मास्क लगाउने, कम्तीमा दुई  मिटरको भौतिक दूरी कायम गर्ने, बेलाबेलामा  सबुनपानी हात धुने र स्यानिटाइजर प्रयोग र खोक्दा वा हाच्छुउँ गर्दा रुमाल प्रयोग गर्न सह–प्रवक्ता अधिकारीले सुझाव दिनुभएको छ। कोभिड–१९ विरुद्धको खोप लगाउन डा. अधिकारीको सुझाव छ।

मङ्लबार, १४ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान