प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पर्यटनको अथाह सम्भावना रहेकोले यस क्षेत्रको विकास र विस्तारमा सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको स्वर्ण जयन्ती समारोहमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले देशको प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र संवर्द्धन गर्दै पर्यटनको विकासका लागि उच्चस्तरको गुणस्तर भएका दक्ष जनशक्तिहरु देशका सबै क्षेत्रहरुमा विकास गर्न जरुरी भइसकेको त्रताउनुभयो ।

उहाँले त्यसका लागि नेपाल सरकारको तर्फबाट संस्थालाई आवश्यक सम्पूर्ण सहयोग एवं समर्थन रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानको लामो र सफल यात्राको पछाडि यस संस्थाको गुणस्तरीय सेवा र त्यस संस्थामा कार्यरत कर्मचारीहरुको लगनशीलताको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

उहाँले गौरवमय ५० वर्ष पूरा गरिसक्दा पनि यो संस्था अझै पनि गठन आदेशकै भरमा चलिरहेको जानकारी पाएकाले आफ्नो कार्यकालभित्रै यस संस्थालाई आवश्यक पर्ने ऐन संसदबाट अनुमोदन गराउने प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्री प्रचण्डले यसको आवश्यक प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन समेत दिनुभयो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिष्ठानबाट तालिम र शैक्षिक कार्यक्रम गरी हालसम्म ६० हजार भन्दा बढी उत्पादन भई पर्यटन तथा अतिथि सत्कार क्षेत्रमा महत्वपूर्ण योगदान गरेकोमा खुशी पनि ब्यक्त गर्नुभयो ।

 

मङ्लबार, १४ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !