Trending
पछिल्लो २४ घण्टामा उपत्यकामा २२७ सहित देशभर थप ७७६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ९ लाख ३ हजार ८४७ जना पुगेको छ ।
८ हजार २८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र २५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ गरी ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका १८५, भक्तपुरका ९ जना र ललितपुरका ३३ गरी उपत्यकामा कुल २२७ जना कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५०१ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ८८ हजार ८ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ११३६१ पुगेको छ ।