लालीको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला जनप्रतिनिधिमा चुनिनु अघिनै कृषि कार्यमा आबद्ध हुनुहुन्छ । उहाँले अहिले पनि १० बिघा क्षेत्रफलमा गहुँ खेती गर्नुभएको छ । सात बिघा क्षेत्रफलमा उखु, माछापालन, गुड मिल सञ्चालन र तरकारी खेती गर्दै आउनुभएको छ ।

उहाँले यस वर्ष आलु खेतीबाट पनि राम्रो आम्दानी भएको बताउनुभयो । “हामीले कृषिलाई नै प्राथमिकता दिनुपर्छ । हिजोका दिनमा परम्परागत कृषि गथ्र्यौ । अहिले आधुनिक कृषि गर्दै आएका छौँ”, वडाध्यक्ष ठकुल्लाले भन्नुभयो, “सामाजिक क्षेत्रमा लाग्न पनि कृषि महत्वपूर्ण छ । राजनीति गरेर पैसा कमाउन सकिँदैन । कमाएको पैसा खर्च गर्न राजनीति गर्नुपरेको जस्तो छ ।”

कृषिबाटै समृद्धिको सपना देख्नुभएका ठकुल्लाले आफूले मात्रै नभई गाउँका युवालाई समेत कृषिमा प्रेरित गर्दै आउनुभएको छ । उहाँले स्थानीयलाई कृषिमा प्रेरित गर्नकै लागि कृषि सहकारी संस्था स्थापना गर्नुभयो । वडा अध्यक्ष ठकुल्ला भन्नुहुन्छ, “हामीले आदर्शका कुरा गर्छौं तर हाम्रोस्तर कहाँ छ त्यसको खोजी गर्दैनौँ । राजनीतिमा युवालाई जोड्नु पहिले व्यवसायमा जोड्न सके त्यसले समृद्धिलाई भेट्न सहज हुन्छ ।”

नगरपालिका–८ श्रीलङ्का क्षेत्र नगरपालिकाबाट विकट क्षेत्र हो । कर्णाली नदी पारी रहेको श्रीलङ्का बर्दिया जिल्लासँग नजिक भए पनि टीकापुरबाट टाढा छ । त्यहाँका किसान जङ्गली जनावरका कारण आजित छन् । नजिकै जङ्गल भएकाले अन्न्न बाली जङ्गली जनावरले नष्ट गर्ने भएपछि पटकपटक फरक खेती गर्दै आएका किसानले यसपटक आलु खेतीलाई प्राथमिकतामा राखे । त्यो विकल्प वडाध्यक्ष ठकुल्लाले रोज्नुभएको थियो । त्यहाँ यस वर्ष २३ बिघा क्षेत्रफलमा आलु खेती विस्तार गरियो ।

अन्य अन्न बालीजस्तो जङ्गली जनावरले नष्ट नगर्ने आलु खेतीबाट राम्रो उत्पादन भएपछि किसान खुसी छन् । व्यवसायी किसान धनसिंह साउँदले एक बिघा क्षेत्रफलमा मात्रै करिब ८० क्विन्टल आलु फलेको बताउनुभयो । समूहमार्फत व्यावसायिक आलु खेती गर्नुभएका साउँदले राम्रो उत्पादन दिएको बताउनुभयो । उक्त समूहमा वडाध्यक्ष ठकुल्ला पनि आबद्ध रहनुभएको छ । आलु प्याकेजिङ गरेर कोहलपुर कोल्डस्टोरमा लैजाने तयारी भएको अर्का किसान भीम महरले बताउनुभयो ।

राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई आलुको बीउ तथा उत्पादन भएको तरकारीको भण्डारणका साथै ढुवानीमा सहयोग गर्न थालेपछि किसानले तरकारी खेतीमा भविष्य देखेका छन् । साउँदले आलु खेती मात्रै नभई २३ बिघामा गहुँ खेती पनि गर्नुभएको छ भने त्यहीँ मात्रामा मकै खेती समेत विस्तार गरेको उहाँ बताउनुहुन्छ । उहाँले आलु खेतीमा नेपाललाई आत्मनिर्भर बनाउन सकिने भन्दै त्यसका लागि भारतिय तरकारीलाई विस्थापित गर्न आवश्यक रहेको बताउनुभयो ।

यतिबेला स्थानीय किसानले भारतीय तरकारीको आयात रोक्नुपर्ने माग गर्दै आएका छन् । भारतबाट आउने तरकारीले स्थानीय उत्पादनलाई विस्थापित गर्दै आएको बताउँदै त्यसले किसानलाई कृषिबाट टाढा गर्न खोजेको स्थानीय कृषक रामबहादुर चौधरी बताउनुहुँन्छ । उहाँले भारतीय तरकारी भन्दा स्थानीय उत्पादन केही महंगो हुने गरेको बताउँदै बीचका विचौलियाले स्थानीय उत्पादनलाई हतोत्साहित गर्ने काम गरेको बताउनुभयो । रासस

शनिबार, ११ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो