परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १००ले आगामी चैत १७ गतेदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)को लागि तयारी पूरा भएको जनाएको छ ।

यसवर्षको एसईई परीक्षाका लागि २ हजार ३७ परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो । परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार उपत्यकाका तीन जिल्ला बाहेक सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका र प्रश्‍नपत्र पुर्‍याइसकिएको छ । यो वर्ष ५ लाख १६ हजार ५९५ जना विद्यार्थीले परीक्षाको लागि रजिष्ट्रेशन भरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

हरेक जिल्लाको जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समितिले आवश्यक शान्ति सुरक्षा परीक्षा सञ्चालन व्यवस्थापन अनुगमन गर्ने काम गर्नेछ । सातै प्रदेशका शिक्षा हेर्ने मन्त्रालय सचिवको अध्यक्षतामा पाँच सदस्यीय प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले प्रदेश भित्रको परीक्षालाई स्वच्छ, मर्यादित, व्यवस्थित ढंगबाट समन्वय गर्ने काम गर्नेछ ।

सबै शिक्षा विकास निर्देशनालयले शिक्षा विकास तथा समन्वय इकाई र पालिकासँग समन्वय गरेर परीक्षाको मर्यादालाई कायम राख्न पहल गर्न अनुरोध गरिसकेको कार्यालयले जनाएको छ । गत वर्ष एसईई परीक्षाको लागि ५ लाख १४ हजार ९५५ ले रजिष्ट्रेशन भरेका थिए जसमध्‍ये ४ लाख ९५ हजार ७५१ जनाले परीक्षा दिएका थिए । यो वर्ष पनि रजिष्ट्रेसन फारम भर्ने संख्याभन्दा परीक्षामा सहभागी विद्यार्थीको संख्या कम हुने परीक्षा नियन्त्रक श्रेष्ठको भनाइ छ ।

दृष्टिविहीन विद्यार्थीले पढिरहेकै विद्यालयबाट परीक्षा दिन पाउने

दृष्टिबिहिन परीक्षार्थीले भने आफू अध्ययन गरिरहेको विद्यालयबाटै एुईई परीक्षा दिन पाउने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय दृष्टिविहिन स्रोत कक्षा सञ्चालन भएका विद्यालयका विद्यार्थीहरुका लागि सोही विद्यालयबाट परीक्षा दिने व्यवस्था मिलाइदिएको हो ।

परीक्षा नियन्त्रक विष्णु नारायण श्रेष्ठका अनुसार दृष्टिविहीन परीक्षार्थीको लागि स्रोत कक्षा सञ्चालन भइरहेको विद्यालयमा नै उपकेन्द्र कायम गरेर परीक्षा सञ्चालन गरिनेछ । नियन्त्रक श्रेष्ठले भन्नुभयो, ‘दृष्टिबिहिन परीक्षार्थीले नयाँ विद्यालयमा गएर परीक्षा दिनुपर्ने बाध्यात्मक अवस्थालाई हटाएका छौं । यो उहाँहरुको लागि सहज वातावरण बनाउने प्रयास गरेका हौं।’

परीक्षा नियन्त्रण कार्यालयले यसबारेमा सबै जिल्लालाई परिपत्र गरेर आवश्यक ठाउँमा व्यवस्थापन गर्न अनुरोधसमेत गरेको जनाएको छ।

बुधबार, ८ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !