Trending
पछिल्लो २४ घण्टामा उपत्यकामा २०९ सहित देशभर थप ५५७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ९ लाख ३ हजार ७१ जना पुगेको छ ।
६ हजार ६१ पीसीआर परीक्षणमा ५२२ जना र १५६४ एन्टिजेन परीक्षण गर्दा ३५ जनामा गरी ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका १५९, भक्तपुरका ९ जना र ललितपुरका ४१ गरी उपत्यकामा कुल २०९ जना कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८७७ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ८७ हजार ५०७ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ११३४८ पुगेको छ ।