सर्वसाधारणलाई रोकटोक नगरी राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको बसन्तपुरस्थित कुमारी घर पुग्नु भएको छ । बसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन गर्न उहाँ बसतपुर पुग्नु भएको हो । त्यहाँ सवारी हुँदा सवारीसाधन, सर्वसाधारण कसैलाई रोकिएको थिएन ।

सवारी गरेसँगै उहाँले यसअघिको परम्परालाई तोड्नु भएको छ । राष्ट्रपतिको सवारी हुँदा यसअघि सर्वसाधारणलाई रोक्ने गरिन्थ्यो । जसले गर्दा सडक जाम हुँदा नागरिकले दुःख पाउदै आएका थिए । र राष्ट्रपतिको आलोचना हुने गरेको थियो ।

कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्कनु भएको थियो । यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन । राष्ट्रपति पौडेलले आफू निर्वाचित हुनुअघि नै सवारी जाम नगर्ने बताउनुभएको थियो ।

राष्ट्रपति पौडेललाई कुमारी घरका प्रमुख गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्य लगायतले स्वागत गर्नु भएको थियो । राष्ट्रध्यक्ष भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्परा अनुसार राष्ट्रपति पौडेल कुमारीको दर्शन गर्न जानु भएको हो ।

जाम नगरी र सडक खाली नगरी राष्ट्रपति पौडेल शितल निवास फर्कनु भएपछि नागरिकले जामबाट मुक्ती पाउने बिश्वास गरेका छन् ।

शनिबार, ४ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो