नेपाल पत्रकार महासंघ संखुवासभाको भवन निमार्णको लागि संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष, व्यवसायी तथा युवा समाजसेवी कृष्णभगत प्रधानले जग्गा प्रदान गर्नु भएको छ ।

प्रधानले बुधबार एक कार्यक्रमकाबीच ३० लाख मूल्य बराबरको जग्गा नेपाल पत्रकार महासंघ संखुवासभाको नाममा हस्तान्तरण गर्नु भएको हो । उहाले बिकासकालागि सञ्चारको भूमिका महत्वपूर्ण रहने भन्दै आफ्ना स्वः पिता गोपाल भगत प्रधानको स्मृतिमा जग्गा निःशुल्क उपलब्ध गराउनु भएको हो ।

नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि कोशी प्रदेश सरकारबाट ३० लाख रुैपैया, खाँदबारी नगरपालिकाबाट १० लाख रुपैया बिनियोजन भई सकेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष इन्द्रकुमार गिरीले आजैबाट भवन निमार्णको काम थालनी गरीएको बताउनुभयो । उहाँले तोकीएकै समयमा भवन निर्माण सम्पन्न गरीने पनि जानकारी दिनुभयो ।

लामो समय पछिको प्रयास पछि नेपाल पत्रकार महासंघको भवन निर्माण थालनि भए पछि सञ्चारकर्मीले खुशी व्यक्त गरेका छन् । जग्गादाता प्रधान सञ्चार उद्यमी समेत हुनुुहुन्छ ।

बिहिबार, २ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो