दोलखाको शैलुङस्थित झोर र मनगाँउका किसानहरू यतिबेला आकाशे पानीको प्रतीक्षामा दिन कटाउने गर्छन् । आलु खेतीको लागि उर्वर शैलुङ गाउँपालिका वडा नम्बर ८ को झोर र मनगाँउका किसान पानीको अभावमा आलु बिग्रने हो की भन्ने चिन्ताले पिरोलिएका छन् ।

“आलुको बोट भर्खर टुसाउँदै छ, माघ देखिनै पानी चाहिने जमिन फागुन सकिन लाग्दा समेत सुख्खा बनेकोले आलु उत्पादन घट्ने चिन्ताले पिरोलिएका छौँ– शैलुङको मनगाँउका किसान सविन श्रेष्ठले भन्नुभयो ।

“अघिल्ला बर्सहरूमा पुसदेखि नै हिमपात पनि भएको थियो र पानी पनि परेको थियो, तर यो बर्ष न हिमपात भयो, न पानी नै पर्‍यो”, सविनले भन्नुभयो ।

पानी र हिमपात नभएपछि जमिन सुख्खा बनेकोले आलु बिग्रने सम्भावना धेरै छ । चैत्रको पहिलो हप्तासम्म जमिन भिज्ने गरी पानी पर्‍यो भने आलु उत्पादन राम्रै होला, नभए यो बर्ष उत्पादन घट्ने सविनको भनाई छ ।

शैलुङ्को झोर र मनगाँउबाट मात्र वर्षमा चार करोडभन्दा बढीको आलु काठमाडौँ लगायतको बजारमा निर्यात हुने गरेको छ । समयमै पानी परेन भने यो बर्ष आलु उत्पादन आधानै कम हुनसक्ने सविनको चिन्ता छ ।

शैलुङको झोर र मनगाँउका झण्डै दुई सय किसान व्यवसायीक आलु खेतीमा सक्रिय रहेकोमा अधिकांश किसानको आलु बारी पारिलो ठाउँमा रहेकोले समयमै पानी नपर्दा उत्पादन घट्ने चिन्ता देखिएको झोरका किसान दिपेश श्रेष्ठ बताउनुहुन्छ ।

झोरको केही किसानहरूको आलु बारी सेप्जीलो ठाउँमा भएकोले पानी नपर्दा पनि खासै समस्या हुँदैन तर अधिकांशको बारी पारिलो ठाउँमा भएकाले चैत्र पहिलो हप्तासम्म पनि पानी नपरे उत्पादन घट्ने दिपेशको भनाई छ ।

आलुलगायत विभिन्न तरकारी खेतीमा सक्रिय झोर र मनगाँउका झण्डै दुई सय घरधुरीका किसानहरू आलु उत्पादनबाट मात्रै वर्षमा डेढ देखि १०/१२ लाखसम्म कमाउने गर्छन् । आलुको सिजन सकिएपछि झोर र मनगाँउमा काउली र बन्दाको खेती समेत राम्रो हुने स्थानीयको भनाई छ ।

झोरका स्थानीय लालबहादुर श्रेष्ठ अहिले सबै किसानको बारीमा आलुको बिरुवा राम्रोसँग टुसाएकोले चैत्र पहिलो हप्तासम्म पानी पर्‍यो भने यो बर्ष आलु उत्पादन राम्रो हुने बताउनुहुन्छ ।

“असिना पर्‍यो भने आलु बिग्रने चिन्ता हुन्छ तर जमिन भिज्ने गरी पानी पर्‍यो भने हिमपात नभएपनि आलु राम्रो हुन्छ”, लालबहादुरले भन्नुभयो ।

झोर र मनगाँउका किसानहरू आलु प्रतिधार्नी ८० देखि एक सय २० रुपैयाँसम्ममा बिक्री गर्ने गर्छन् । बिउको आलु भने एक सय ४० रुपैयाँ सम्ममा बिक्री हुने गरेको सविनको भनाई छ ।

आलुको सिजनमा काठमाडौँबाटै व्यापारीहरू झोर र मनगाँउका किसानको घर– घरमै पुग्ने भएकोले बजारको भने समस्या नभएको स्थानीय बताउँछन् ।

बुधबार, १ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो