विभिन्न माग राख्दै आन्दोलनरत उद्योगी व्यवसायीहरूले राष्ट्र बैंकविरुद्ध प्रदर्शन गरेका छन् । बैंकको ब्याजदरलाई एकल अंकमा झार्न माग गर्दै आन्दोलन गरिरहेका व्यवसायीहरूले सोमबार काठमाडौँको बालुवाटार क्षेत्रमा राष्ट्र बैंकविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले उच्च सेवा शुल्क बन्द गर, प्रिमियम दर वृद्धि नियन्त्रण गर, बैकिङ आतंक बन्द गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

काठमाडौँ उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले प्रिमियम दर वृद्धि गरेर व्यवसायीहरूलाई समस्यामा पार्ने काम भएकाले विरोध गर्नुपरेको बताए ।

उनले आर्थिक नीतिलाई सही अवस्थामा ल्याउन राष्ट्र बैंकले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे ।

व्यवसायीहरूले ब्याजदरलाई एकल अंकमा झार्नुपर्ने, आधार दर प्रिमियममा बढीमा २ प्रतिशत हुनुपर्ने, चालु पुँजी निर्देशिका खारेज गरी व्यावहारिक निर्देशिका बनाइनुपर्ने लगायत माग राख्दै आन्दोलन गरिरहेका छन् ।

सोमवार, २९ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो