बझाङका जङ्गलमा उपयोग विहिनभई खेर गई रहेको अल्लोलाई प्रशोधन गरेर कपडा बनाउन सुरु गरिएको छ । थलारा गाँउपालीका २ मोराइलमा अन्जु खाती र जौमती देवी खातीले परम्परागत उद्योगबाट कपडा बुन्ने कामको थालनी गर्नुभएको हो ।

उहाँहरूले जङ्गलमा खेर गइरहेको अल्लोलाई प्रशोधन गरि कपडा बुन्ने गर्नुभएको छ । उहाँहरूले बुनेको कपडालाई गाउँपालिकाले खरिद गरि विद्याथीहरुका लागि झोला बनाउन सुरु गरिएको छ । आफ्नो काममा गाउँपालिकाकोसमेत साथ पाएपछि आफुहरु उत्साहित भएर अल्लोको कपडा बनाइरहेको उहाँहरूले बताउनुभयो ।

आफूहरूलाई केही समय अघि युुएमएन र प्रगतिशील संस्थाले ३ महिना तालीमका लागि दाङ जिल्ला पठाएर धाँगो बनाउने सिप सिकाएको र अहिले आफूहरूले आफ्नै गाउँमै उद्योग सुरुवात गरिएको अन्जु खातीले बताउनुभयो । जङ्गलबाट अल्लो ल्याएर प्रशोधन गरि धागो बनाएर दुई महिला आत्मनिर्भर भइरहेको देखेसँगै अहिले अन्य महिलाहरूले पनि खातीको कामको सिको गरिरहेका छन् ।

अल्लोको कपडा उद्योग प्रवदर्न गर्न स्थानीय महलिाहरुलाई आवश्यक सिप सामाग्रीको सागै उत्पादित कपडा खरिद गर्ने कार्यमा युुएमएन संस्था र पालीकाले चाँजोपाँजो गरि दिएपछि यहाँका अन्य महिलाहरू पनि यो उद्योगसँग आकर्षित भएका हुन् ।

युुनाइटेड मिसन टु नेपालकी कर्मचारी इन्दिरा राईले अल्लो प्रशोधन गरि कपडा निकाल्ने काम बिस्तारै सफल हुँदै गइरहेको बताउनुभयो । आफूहरूको प्रयास सफल भइरहेकाले अन्य पालिकाहरूमा पनि यो उद्योगको लागि पहल गरिन लागिएको उहाँले बताउनुभयो ।

अल्लोको कपडा उद्योग सञ्चालन भए गाउँघरका महिलाहरूले रोजगारी पाउने अपेक्षा गरिएको उहाँले बताउनुभयो । संस्थाले अल्लोको कपडा उत्पादन साथै अल्लोका झोला बनाउने तालीम पनि महिलाहरूलाई दिइरहेको उहाँले बताउनुभयो ।

शुक्रबार, १९ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो