दक्षिण कोरियाले अवैधरुपमा कार्यरत विदेशी कामदारलाई कोरिया छाड्नका लागि एक मौका प्रदान गरेको छ ।

त्यहाँको कानुन मन्त्रालय अन्तरगत रहेको इमिग्रेशन सेन्टरले पूर्ण रुपमा खोप लगाइएका अवैध कामदारलाई स्वेच्छाले कोरिया छाड्न चाहेमा जरिवाना छुट दिनुका साथै भविष्यमा प्रवेशमा प्रतिबन्ध नलगाउने घोषणा गरेको छ ।

दक्षिण कोरियास्थित नेपाली दूतावासका अनुसार यो नियम अक्टोबर १२ भित्र पूर्ण खोप लगाएका वा ३१ डिसेम्बरसम्म खोप लगाउनेको हकमा समेत लागू हुनेछ । यो नियम अपराधको आरोपमा प्रहरीमा बुझाइएका र कोभिड–१९ सम्बन्धी नियम उलंघन गरेको विदेशी नागरिकको हकमा पनि लागू हुनेछ ।

एक डोज जोन्सन वा डबल डोज फाइजर मोडेना वा एस्टाजेनिका खोप पूरा गर्ने विदेशी नागरिकहरु तथा पूर्ण खोप लगाएका तर १४ दिन पुरा नभएकाहरुको हकमा पनि स्वेच्छिक रुपमा कोरिया छाड्दा पनि उल्लेखित नियमका लागि योग्न हुने दूतावासले जनाएको छ ।

यो योजना अक्टोबर १२ देखि अर्को सूचना जारी नभएसम्मका लागि लागू हुने सूचनामा उल्लेख गरिएको छ । यो योजनाबाट अवैधरुपमा कार्यरत कतिपय नेपालीसहित विदेशी श्रमिक लाभान्वित हुने बताइएको छ ।

बुधबार, ३ कार्तिक, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !