संखुवासभाको पिलुवा खोलामा निर्माणाधीन १०.३ मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजनाले आगामी एक महिनाभित्र उत्पादन परीक्षण सुरु गर्ने भएको छ । रिभर फल्स पावर कम्पनीले निर्माण गरी अन्तिम चरणमा पुर्याएको आयोजनाको विद्युत प्रणालीमा जोडिन लागेको हो ।

आयोजनाको काम सकिन लागेकोले आगामी एक महिनाभित्र परीक्षण सुरु गर्ने तयारी गरेको आयोजना संयोजक यज्ञप्रसाद सुवेदीले बताउनुभयो । ‘अहिले आयोजनाको अन्तिम चरणको बाँकी काम भइरहेको छ’ उहाँले भन्नुभयो, ‘एक साता पछि आन्तरिक परीक्षण सुरु गरिनेछ, उपकरण जडान, सुरुङ, विद्युतगृह सबै क्षेत्रको आन्तरिक परीक्षण गर्न करिब २र३ हप्ता लाग्छ ।’ सबै क्षेत्रको परीक्षण सफल भएपछि उत्पादन परीक्षण सुरु गरिनेछ ।

‘आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएपछि नेपाल विद्युत प्राधिकरणलाई दुई साता निशुल्क विद्युत दिइनेछ, त्यसपछि व्यापारीक उत्पादन सुरु हुनेछ ।

आयोजनाबाट उत्पादन हुने विद्युत २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको बानेश्वर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक साढे ३ किलोमिटर प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्राधिकरणसँग भएको विद्युत खरीद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७७ चैतदेखि विद्युत उत्पादन गर्नुपर्ने तालिका थियो । तर, विद्युत प्रवाह हुने कोसी कोरिडोर प्रसारण लाइन निर्माणमा भएको ढिलाई, कोरोना माहामारीले गर्दा करिब २ वर्ष ढिला गरी विद्युत उत्पादन सुरु गर्न लागिएको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सिटिजन बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट र प्रभु बैंकले ७० प्रतिशत अर्थात १ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । बाँकी, ३० प्रतिशत अर्थात ५७ कारोड ४० लाख रुपैयाँ स्वपूँजी छ ।

 

सोमवार, १५ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो