संखुवासभामा निर्माण सम्पन्न १४.९ मेगावाटको मायाखोला जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।मायाखोला हाइड्रो पावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको आन्तरिक परीक्षण सफल भएपछि एउटा युनिटको विद्युत ग्रिडमा जोडिएको हो ।

आयोजनाको उपकरणहरूलगायत सबै क्षेत्रको परीक्षण पूरा भएपछि फागुन ४ गतेदेखि प्रसारण प्रणालीमा जोडिएको आयोजना संयोजक भरत थापाले बताउनुभयो । ‘अहिले एउटा युनिटको विद्युत मात्र प्रसारण प्रणालीमा जोडिएको छ’, उहाँले भन्नुभयो, ‘अर्को युनिटको विद्युत एक साताभित्र जोडिनेछ ।’

उत्पादन परिक्षण थाल्ने क्रममा एउटा युनिटमा समस्या आएकोले अहिले मर्मतको काम भइरहेको छ । मर्मतको काम सम्पन्न ३/४ दिन लाग्नेछ । ’आयोजनाको दोस्रो युनिटको विद्युत पनि प्रणालीमा जोडिएपछि मात्र नेपाल विद्युत प्राधिकरणलाई दुई साता निशुल्क विद्युत दिइनेछ, त्यसपछि मात्र व्यापारिक उत्पादन सुरु हुनेछ’ उहाँले भन्नुभयो । आयोजनामा ७.७५ मेगावाटको दुई वटा उत्पादन युनिट छन् ।

राष्ट्रिय ग्रिडमा जोडिएको युनिटबाट अहिले ३ मेगावाट विद्युत उत्पादन भइरहेको थापाले बताए । आयोजनाको विद्युत ३ किलोमिटर दुरीमा रहेको प्राधिकरणको कोसी कोरिडोरको तुम्लिङटार–इनरुवा खण्डको बानेश्वर सबस्टेसनमा जोडिएको छ । सबस्टेसनसम्मको आवश्यक ३३ केभी लाइन कम्पनीले आफैले निर्माण गरेको हो ।

आयोजनाको निर्माण सम्पन्न गरी २०७८ असारदेखि विद्युत उत्पादन गर्ने तालिका थियो । तर, कोरोना महामारीको दोस्रो लहरमा ४० जना बढी कामदार तथा कर्मचारी संक्रमित भएपछि निर्माण प्रभावित हुँदा विद्युत उत्पादन हुने तालिका प्रभावित भएको हो ।

आयोजनाले वार्षिक ८ करोड १५ लाख ६५ हजार ६ सय ५४ किलोवाट विद्युत उत्पादन गर्ने कम्पनीले जनाएको छ । यो आयोजना सम्पन्न गर्न २ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । माया खोला ‘सुपर सिक्स’ अन्तर्गत प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न दिइएको आयोजना हो ।

शुक्रबार, १२ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो