लामो समयपछि पानी परेपछि इलामका किसान खुसी भएका छन् । हिजो साँझदेखी रातिसम्म पानी परेकाले किसान खुसी भएका हुन् । असोजको पहिलो हप्तादेखि पानी नपरेकामा हिजो साँझदेखि रातिसम्म पानी परेको थियो ।

पानी परेपछि अलैँची र चिया किसानले ठूलो राहत महसुस गरेका छन् । आलु, तोरी तथा तरकारी लगाएका किसानले पनि लामो समय पछिको वर्षाका कारण राहत महसुस गरेका गरे । किसान सन्तोष राईले पानी परेपछि अब तरकारी खेतीमा चिस्यान हुन पुगेकाले ठूलो राहत मिलेको बताउनुभयो ।

उहाँले यो याममा पानी परेपछि फागुन अन्तिमदेखि नै चिया पलाउने र तोरी, गहुँलगायत बाली पनि सप्रिन्छ भन्नुभयो । लामो समयसम्म वर्षा नहुँदा जमिन सुक्खा भएकाले किसानले बारी खनजोत गर्नसमेत पाएका थिएनन् । अब भने सहजरुपमा खनजोत गर्न पाइने यहाँका किसानको भनाइ थियो । पानी नपरेपछि खोलानाला सुक्दै गएका थिए । खोला खोल्सामा पानी नहुँदा सिंचाइमा समेत समस्या हुँदै आएको थियो । अब भने केही समयका लागि पाइप लगाएर सिचाइमा खट्नु नपर्ने किसानको भनाइ थियो ।

पानीले घाँससमेत छिटो पलाउने भएकाले यहाँका पशुपालक किसानसमेत उत्साहित भएका छन् । तराईबाट सुख्खा पराल ल्याउनु पर्ने बाध्यता रहेकामा अहिले परेको पानीले समयमै घाँससमेत पलाउने उनीहरुको अपेक्षा थियो । सुख्खा नलागे वैशाखदेखि बर्खे घाँस काट्न पाइने अनुमान गरिएको छ ।रासस

बिहिबार, ११ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो