पछिल्लो अवस्थामा बर्दियाका अधिकाशं युवा रोजगारकालागि हातमा पासपोर्ट लिएर विश्वका विभिन्न देश पुग्ने गरेका छन् । कतीपय हातमा शीप हुदाहुदै बिदेशीन बाध्य छन् भने कतीपय शिपको कमी र शिक्षाको अभावले अकार्को देशमा कष्टकर जीवन बिताउनुपर्ने बाध्यता रहँदै आएको छ । बर्दियामा भने पछिल्लो केही बर्ष यता बारबर्दिया नगरपालीका वडा नं. ३ झण्डीपुरका महीला तथा पुरुषहरु व्यावसायिक भैँसी पालन गरेर दूध उत्पादन गर्दै मनग्य आमदानी गर्दै आएका छन् ।

ग्रामीण भेगमा सडकको विस्तारसँगै किसानले उत्पादन गरेका सामान बजार पु–याउन सहज बनेसँगै यहाँका युवा व्यावसायिक पशुपालनमा हौसिएका हुन् ।

यहाँका युवाहरूले बारबर्दिया नगरपालिकाको समन्वय र सहयोगमा डि सी एको ५ लाख ५० हजार बराबरको आर्थिक सहयोग र थारु महिला उत्थानको प्राविधिक तथा सहज करणमा २९ जनाको समूह बनाइ जुनेली दुग्ध उत्पादक कृषक समूह स्थापना गरी भैँसी पालन गरी आमदानी गदै आएका छन् । हाल समूहमा ३१ जना आबद्ध रहेका छन् ।

व्यावसायिक पशुपालन सँगै यस क्षेत्रका कृषकलाई आर्थिक रूपमा मजबुद बन्न थालेका छन् । केही समय पहिला पैसाको आवश्यकता परे साहुकोमा हात थप्नुपर्ने अवस्थामा हुन्थ्यौ तर अहिले बाध्यता नरहेको स्थानीय राम जानकी थारुले बताउनु भयाे । उहाँले खुसी हुँदै अब दूध बेच्न टाढा जानु नपर्ने बताउनु भयो ।

गाउँ गाउँमा स्थापना भएका सहकारी संस्थाले दूध सङ्कलन केन्द्र सञ्चालन गरेपछि कृषकलाई राहत मिलेको जुनेली दुग्ध उत्पादक कृषक समूहकी अध्यक्ष बिन्दु थारुले बताउनु भयो ।
दूध बिक्रीबाट मनग्य आम्दानी हुन्छ भन्ने कल्पनासम्म नगरेकाेमा दैनिक २ लिटर सय भन्दा बढी दुग्ध सङ्कलन भइरहेको र बजारीकरण गर्न सजिलो भइरहेको संस्थाका दुग्ध सङ्कलक राजेश चौधरीले बताउनु भयो ।

किसान उन्नत जातका पशुपालनमा आकर्षित भएकाे उहाँले बताउनुभयाे । दुध बिक्रीबाट आमदानी पनि हुने र मलको लागी भौँतारिनुपर्ने बाध्यता केही भएपनी कम भएको थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मा थारुले बताउनु भयो । व्यवसायलाई व्यवस्थित बनाउन राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने उहाँले बताउनुभयाे ।

बिहिबार, ११ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो