अलैँची उत्पादनका हिसाबले ताप्लेजुङ जिल्लालाई उत्पादित क्षेत्रको रुपमा लिने गरिएको छ । ताप्लेजुङ जिल्लामा प्रमुख नगदेबालीको रूपमा अलैँचीलाई लिईन्छ । तर यो बर्ष समयमा वर्षा नभए पछि सिँचाइ गर्न समस्याले गर्दा अलैंचि मासिने देखिन्छ । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन । हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदे बाली साथै अलैची बगान सुकेर रातौ देखिन थालेका छन्

ताप्लेजुङमा पाँच महिनादेखि वर्षा नहुँदा नगदे बालीलगायत विभिन्न बालीनाली सुक्दै जान थालेका हुन् । असोजको पहिलो हप्तामा भएको वर्षापछि अहिलेसम्मको समयमा पानी नपर्दा मुख्य नगदे बाली अलैँची तथा सुन्तलाका बोटसमेत सुक्न थालेका छन् ।

पानी बग्ने खोल्साहरूमा समेत पानी हराउन थालेको छ । खेतका कान्ला तथा विभिन्न ठाउँमा उम्रेका मूलसमेत सुक्न थालेपछि कृषकहरू चिन्तित भएका छन् । खोला–खोल्सीमा पानी सुकेपछि सिँचाइ गर्नसमेत कृषकहरूले पाएका छैनन् । सबैभन्दा समस्या नगदे बाली अलैँचीमा परेको छ । अझै हिउँ नपरेपछि चिस्यान क्षेत्रहरूसमेत सुक्खा भएका छन् । यतिवेला हरियाली हुने अलैँचीका बगानहरू सुकेर रातै देखिन थालेपछि किसानहरू चिन्ता थपिएको बताउँछन् ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, मयामका किसान मानबहादुर कार्कीले खेतको अलैँची राताम्मै भएर सुकेको बताउनुभयो । गएको वर्षमा अनुकूल मौसम हुँदा यो वर्ष उत्पादनमा वृद्धि भएको थियो । अर्को वर्ष उत्पादनमा ठूलो ह्रास आउने फुङलिङ नगरपालिका–६ का अलैँची कृषक बलबहादुर गुरुङले बताउनुभयो ।

कृषक गुरुङले भन्नुभयो, ‘यतिवेला पालो गरेर बोट भिजाउने समय थियो । तर, यस वर्ष खोलामा पानी सुकेकाले सिँचाइ गर्न सकेको छैन ।’ ताप्लेजुङको तल्लो भेगमा साउन र माथिल्लो भेगमा कात्तिक अन्तिमसम्म अलैँची टिप्ने गरिन्छ । त्यसपछि मंसिर पहिलो सातादेखि सिँचाइ गर्नुपर्छ । जरामा चिस्यान बनाउन पातपतिंगरले छोप्ने र त्यसमाथि सिँचाइ गर्ने गरेकोसमेत कृषकहरू बताउँछन् ।

गएको हिउँदमा माघ अन्तिमसम्ममा हिउँसँगै वर्षा चारपटकसम्म भएको थियो । यसरी पटक–पटक हिमपात र वर्षा हुँदा खोला–खोल्सा नसुकी पानी प्रशस्तै बगेको थियो । यस वर्ष असोजको सुरुदेखि नै वर्षा नभएको साथै हिमपात पनि नपरेकाले यतिवेला जिल्लाका सबै भागका हिउँदे बालीमा असर परेको कृषकहरू बताउँछन् ।
कृषि ज्ञानकेन्द्र ताप्लेजुङको तथ्यांकअनुसार यो आर्थिक वर्षमा दुई हजार ६ सय ५० मेट्रिकटन अलैँची उत्पादन भएको छ । जिल्लाको चार हजार दुई सय हेक्टर क्षेत्रफलमा अलैँची खेती हुने गरेको छ । फल लाग्नुभन्दा पहिला यो समयमा अलैँचीको टुसा लाग्ने गर्छ । यो वर्षको टुसाले अर्को वर्षमा उत्पादन दिने गर्छ ।

तर, यो समयमा अलैँचीमा पानी अत्यधिक चाहिनेमा वर्षा नै नभएपछि आगामी वर्ष अलैँची उत्पादनमा ह्रास आउने बताइन्छ । यस वर्ष फागुन लाग्दा पनि हिमालमा हिउँ परेको छैन । हिमालमा हिउँ हुँदा त्यहाँबाट आउने चिसो हावाले पनि राहत हुने, तर त्यो नभएको कृषकहरू बताउँछन् ।

अलैँची पानी प्रशस्त भएको, ओसिलो तथा सिँचाइ सुविधा भएको ठाउँमा राम्रो सप्रने गरेको अर्का किसान भीम गुरुङले बताउनुभयो । अलैँचीको मूल्यमा आएको गिरावटले कृषकहरू चिन्तित त छँदै छन्, त्यसमाथि पनि पानी नपरेका कारण सिँचाइ नभएर बोट नै मर्न थालेपछि कृषकमा अझै चिन्ता थपिएको छ ।

मङ्लबार, ९ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो