दोलखाको मेलुङ गाउँपालिकाले सबै वडामा माटो परीक्षण गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम अनुसार माटो परीक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

गाउँपालिकाको पाँच सय वटा माटोको नमूना परीक्षण गर्ने लक्ष्य राखिएकोमा ४२६ वटा मात्रै नमुना प्राप्त भएको मेलुङ गाउँपालिकाका कृषि शाखा प्रमुख झुपलाल केसीले बताउनुभयो ।

प्रमुख केसीका अनुसार परीक्षणका क्रममा माटोको अम्लियान तथा क्षारिय गुण, माटोमा नाईट्रोजनको अवस्था, पोटासियमको अवस्था र माटोको प्राङ्गारिक पदार्थको मात्रा परीक्षण गरिएको छ ।

परीक्षणपछि मेलुङ गाउँपालिकाको माटोमा अम्लीय मात्रा धेरै देखिएको छ  । साथै माटोमा नाइट्रोजनको मात्रामा भने कमी देखिएको छ । यसैगरी, माटोमा फोस्फोरस्, पोटास् र प्राङ्गारिक पदार्थको मात्रा सन्तोष जनक देखिएको केसीको भनाइ छ ।

माटोको गुणस्तर सुधारका लागि भन्दै गाउँपालिकाले बागमती प्रदेश सरकारको माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडाको प्राराम्भिक प्रतिवेदन पश्चात माटो परीक्षण अभियान सञ्चानल गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका भित्र माटोको गुणस्तर सुधारका लागि बागमति प्रदेश सरकारसँगको समन्वयमा थप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

बागमती प्रदेश सरकार, माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडाको प्रविधिक सहयोग र मेलुङ गाउँपालिकाको समन्वयमा फागुन महिनाको ६ र ७ गते माटोको नमूना परीक्षण गरिएको थियो ।

सोमवार, ८ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो