अर्घाखाँचीको मालारानी गाउँपालिकाले दीर्घरोगी बिरामीका लागि निःशुल्क औषधि वितरण गर्न सुरु गरेको छ ।

गाउँपालिकाभित्र रहेका ९ वटाबाट रोगको पहिंचान गरी अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले बताउनुभएकाे हाे । पालिकाभित्र रहेका दीर्घरोगी बिरामी मध्ये सुगर, प्रेसर र छारे रोगका बिरामीहरूलाई वडामा रहेका स्वास्थ्य संस्थामार्फत निःशुल्क औषधि वितरण गर्न सुरु गरेको उहाँले बताउनुभयो ।

गाउँपालिकाको पहिलो निर्णयमा नै पालिकाले दीर्घरोगीहरुको पहिंचान गरेर निःशुल्क औषधि वितरण गर्ने भनेकाे थियाे । सोही बमोजिम हालसम्म १३ सय ६० जनाको नाम संकलन भएको छ । पहिलो चरणमा ति व्यक्तिहरुलाई निःशुल्क औषधि वितरण गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष भट्टराईको भनाइ छ ।

गाउँपालिकाकी उपाध्यक्ष दिपा पोखरेलले गाउँपालिकाबाट भन्दा वडाका स्वास्थ्य संस्थाबाट दीर्घरोगीहरूका लागि औषधि वितरण गर्दा नागरिकलाई सहज हुने बताउनुभयाे । सोही अनुसार सेवा प्रभाहमा लागेको उहाँले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर ५ का स्थानीय रणबहादुर बस्नेतले पालिकाले प्रदान गर्ने निःशुल्क औषधि मध्ये आफूले प्रेसरको औषधि पहिले पटक प्राप्त गर्दा निकै खुशी भएको बताउनुभयो ।

औषधि गाउँमै प्राप्त गरेपछि सदरमुकाम सन्धिखर्क औषधि लिन आउन पर्ने बाध्यता हटेको बताउनुभयो।उहाँले सेवालाई दिर्घकालीनसम्म लगेमा नागरिकलाई सहज हुने समेत बताउनुभयो ।

मङ्लबार, २ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान