भारतबाट गहुँ आयातमा कडाइ गरिएपछि त्यसको असर आँटा र मैदा मिलसँगै अन्य उद्योगमा परेको छ । भारतले १० महिनाअघि गहुँ निर्यातमा रोक लगाएपछि भण्डारण रित्तिँदै गएर मिल तथा आश्रित उद्योग समस्यामा परेका हुन् ।

गहुँको अभावमा ३० प्रतिशत उत्पादन क्षमतामा मात्रै उद्योग चलिरहेको गौमती आँटा उद्योगका सञ्चालक हरिवंश राठीले जानकारी दिनुभयो । गहुँ पाक्ने सिजन नजिक आएकाले भण्डारण गरिएको गहुँबाट केही आपूर्ति भए पनि मागअनुसार नभएको राठीले बताउनुभयो ।

भारतले निर्यातमा रोक लगाएपछि पैठारीकर्ताले गत वैशाखअघि आयात गरेर भण्डारण गरेको गहुँको मूल्य बढेको थियो । त्यसको असर उपभोक्तासम्मलाई परेको छ ।

भारतले कोटा तोकेर ५० हजार मेट्रिक टन गहुँ नेपाललाई दिने बताएको छ । कोटा बाँडफाँट र आयातमा समय लागेपछि कच्चा पदार्थको अभाव झेल्नुपरेको उद्योगी राठीले बताउनुभयो ।

“गहुँको नयाँ सिजन पर्खेर बसेका छौँ, सिजन नजिकिँदा पैठारीकर्ताले भण्डार गरेको गहुँमा प्रतिक्विन्टल पाँच सय रुपियाँ घटाएका छन्,” राठीले भन्नुभयो । नेपालमा वार्षिक नौ लाख टन गहुँको माग रहेको छ । त्यसमध्ये एक तिहाइ माग आन्तरिक उत्पादनले धान्दै आएको छ । गहुँ नपाउँदा सुनसरी–मोरङ औद्योगिक क्षेत्रका छवटा मैदा र २० वटा आँटा उद्योगसँगै ती उद्योगका उत्पादनमा आधारित अन्य उद्योग प्रभावित भएका छन् । मैदा र आँटा प्रयोग गर्ने चाउचाउ, बिस्कुट, पास्ता, नुडल्स, बेकरीजस्ता उद्योगको उत्पादन कटौती गरिएको छ ।

मैदा र आँटामा आधारित चारवटा चाउचाउ उद्योग, तीन बिस्कुटका ठूला र आधा दर्जन साना उद्योग, प्लाईका ३० उद्योग, एक सयको हाराहारीका बेकरी, एक सयकै हाराहारीमा नुडल्स र चिप्स, फिङ्गर्स, पास्तालगायताका ४० उद्योग छन् । विशाल मैदा मिलका सञ्चालक एवं मोरङ व्यापार सङ्घका उपाध्यक्ष विकास बेगवानीले भन्नुभयो, “भारतले कोटा तोकेर दिएको ५० हजार टनमध्ये ३० हजार टन गहुँको कोटा २४ उद्योगलाई दिइएको छ तर त्यो गहुँ पनि अझै आइसकेको छैन ।”

मङ्लबार, २ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो