धनुषाको ढल्केबरमा रहेको कृषि बजार व्यवस्थापन समितिले किसान तथा व्यापारीका लागि कर छुटसहित विभिन्न सेवा सुविधा उपलब्ध गराएपछि बजारमा क्रेता र बिक्रेताको सङ्ख्या बढेको छ ।

बजार व्यवस्थापन समितिले बिक्री तथा निकासी करमा छुट, व्यापारीलाई तरकारी खरिद गर्न रकम सापटी, बासको व्यवस्था, भ्रमण र किसानलाई पुरस्कृत तथा कृषि तालिमजस्ता सुविधा उपलब्ध गराउने थालेको हो ।

सस्तो मूल्यमा हरियो तरकारी तथा ताजा फलफूल पाइने बजारका रूपमा पहिचान बनाएको यो बजारमा किसानसँग तरकारी तथा फलफूल बिक्री गरेबापतको कर र खरिदकर्ता व्यापारीसँग निकासी कर लिँदै आएको थियो । बजार व्यवस्थापन समितिले एक महिनादेखि यी कर छुट गर्दै आएको छ ।

यसअघि बजार ठेक्कामा लाग्ने गरेको थियो । बजार ठेकेदारले एक ढाकी तरकारी बिक्री गरेबापत किसानबाट १० देखि २० रुपियाँ र एक पिकअप गाडी तरकारी निकासी गरेबापत एक हजार पाँच सयदेखि दुई हजार रुपियाँसम्म व्यापारीसँग कर असुल्थ्यो ।

बजार व्यवस्थापन समितिका अध्यक्ष बुधेश्वर महतोले किसान र व्यापारीसँग लिँदै आएको सबै प्रकारको कर छुटलगायत सामान खरिद गर्दागर्दै रकम अपुग भएका व्यापारीलाई सापटी रकमसमेत उपलब्ध गराउने व्यवस्था गरेको बताउनुभयो । उहाँले एक साताका लागि एक जना व्यापारीलाई २५ हजार रुपियाँसम्म सापटी दिने गरिएको जानकारी दिनुभयो ।

यहाँ बजार लागेको दिन पाँच हजार किसानले आ–आफ्नो उत्पादन बिक्रीका लागि र एक हजार पाँच सयभन्दा बढी व्यापारी खरिद गर्न आउने गरेको अध्यक्ष महतोले बताउनुभयो ।

आइतबार, बुधबार र शुक्रबार गरी हप्ताको तीन दिन लाग्दै आएको यस बजारलाई दैनिकसमेत गरिएको छ । बजारमा स्थानीयस्तरमा उत्पादन भएको तरकारी तथा फलफूल सस्तो मूल्यमा पाइने हुँदा काठमाडौँ, पोखरा, सिन्धुली, जनकपुरलगायतका क्षेत्रबाट व्यापारी यहाँ आउने गरेका छन् ।

यो बजारमा जिल्लाको बेङ्गाडाबर, पुष्पवलपुर, बटेश्वर र नकटाझिजलगायत दर्जनौँ गाउँका किसानले उत्पादन गरेको तरकारी तथा फलफूल यही बजारमा बिक्रीका लागि ल्याउने गरेका छन् ।

कृषि बजार व्यवस्थापन समितिका कार्यालय प्रमुख शम्भु दासले गत आर्थिक वर्षमा ५२ करोड ९९ लाख २० हजार ९४८ रुपियाँ मूल्य बराबरको पाँच हजार ९६२ मेट्रिक टन तरकारी खरिद–बिक्री भएको थियो ।

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म २९ करोड ८५ लाख २८ हजार ५४२ रुपियाँ मूल्यको तीन हजार २५४ मेट्रिक टन तरकारी तथा फलफूल किनबेच भएको छ ।

शुक्रबार, २० माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो