दुई हजारभन्दा बढी ज्येष्ठ नागरिकको गाउँमै उपचार गरिएको छ । मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गाले दुई हजार सातजना ज्येष्ठ नागरिकको गाउँमै उपचार गरेको हो ।

गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले एमबीबीएस, एमडी डाक्टरको व्यवस्था गरी वडा वडामा पुगेर ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको बताउनुभयो ।

वडा नं. १ देखि ९ सम्म महिला विकास शाखा र स्वास्थ्य शाखाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरी ज्येष्ठ नागरिकहरूमा के कस्ता रोग लागेका छन् र के कस्ता समस्या छन्, पहिचान गरिएको छ।

साथै अपाङ्गता परिचय पत्र नवीकरण वितरण, गर्भवती जोडीलाई तालिम, गर्भवतीको भिडियो एक्स-रे गर्नुका साथै आँखा स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका अध्यक्ष रुम्दालीको भनाइ छ ।

विभिन्न प्रकृतिका १३७ जना अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको  छ । शिविरमै एक हजार २०० भन्दा बढी ज्येष्ठ नागरिक साथै अपाङ्गता भएका व्यक्तिहरूको आँखा स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख ढबलराज राईले बताउनुभयो ।

गाउँपालिका स्वास्थ्य शाखा तर्फको आयुर्वेद सेवा, आँखा परीक्षण, दन्त परीक्षण, गर्भवतीको भिडियो एक्स-रे सेवा, गर्भवती जोडी तालिम, अपाङ्गता, ज्येष्ठ नागरिक, दिर्गरोगीहरुको स्वास्थ्य परीक्षण, औषधी वितरणलगायतको सेवा गाउँमै पुगेर दिइएको राईको भनाइ छ ।

यसैगरी, महिला विकास शाखामार्फत प्रवाह गरिने अपाङ्गता परिचय पत्र वितरण साथै नवीकरण र ज्येष्ठ नागरिक परिचय पत्र शिविरबाटै वितरण गरिएको महिला शाखा प्रमुख चम्पा राईले जानकारी दिनुभयो ।

प्राध्यापक डाक्टर विजेन्द्र राईले गाउँपालिकाको नौवटै वडामा पुगेर शिविरमार्फत ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवतीहरूको स्वास्थ्य परीक्षण साथै औषधी वितरण गरिएको बताउनुभयो ।

पहिचान भएका दीर्घरोगी, नियमित औषधी सेवन गरिरहनुभएका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई घर–घरमै औषधी वितरण साथै परामर्श गर्ने योजना बनाइएको गाउँपालिकाले जनाएको छ ।

स्थानीयवासीले यस्ता शिविर निकै उपयोगी रहेको र हरेक वर्ष आयोजना गरिनुपर्ने माग गरेका छन् । गाउँपालिकाले सबै वडामा गएर पहिलो पटक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

बिहिबार, १९ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान