file photo

गोलभेँडाको उचित मूल्य नपाएपछि लालबन्दीका किसान मर्कामा परेका छन् ।

भारतबाट गोलभेँडा बजारमा भित्रिन थालेपछि जिल्लामा उत्पादित गोलभेँडाले मूल्य पाउन नसक्दा उनीहरु मर्कामा परेका हुन् । हाल किसानहरुले गोलभेँडा प्रतिक्रेट रू. एक सय ५० देखि दुई सय सम्ममा बिक्री गरिरहेका छन् ।

प्रतिकेजी रू. छ देखि आठमा बेच्नुपर्दा लागत उठाउन मुस्किल भएको हरिवन नगरपालिका–२, आमटोलका किसान रामपुकार महतोले गुनासो गर्नुभयो । “सुरुमा एक क्रेटको रू. एक हजार दुई सयसम्म हुन्थ्यो तर अहिले एक सय ५० मा बेच्नुपरेको छ”, उहाँले भन्नुभयो । भारतबाट गोलभेँडा भित्रिँदा यहाँका किसान मारमा परेका उहाँको भनाइ थियो ।

लालबन्दी नगरपालिका–१०, तुलसी टोलका किसान प्रेम श्रेष्ठले क्रेटको रू. डेढ सयका दरले बेच्नु पर्दा लागत उठाउन नै समस्या भइरहेको बताउनुभयो । उहाँका अनुसार काठमाडौँका व्यापारीले पनि किसानबाट सस्तोमा गोलभेँडा किन्ने गरेका छन् ।

लालबन्दी नगरपालिका–१ नवलपुरका किसान रामचरित्र कुशवाहले १० कठ्ठामा गोलभेँडा खेती गर्नुभएको छ । “बजारमा व्यापारीले भारतीय गोलभेँडा सस्तोमा आइरहेको छ भन्दै हाम्रो गोलभेँडा लिन मानिरहेका छैनन्”,उहाँले भन्नुभयो ।

खेतमा पाकेका गोलभेँडा तत्काल बिक्री नगरे नष्ट भएर जाने भएकाले किसान व्यापारीले भनेकै मूल्यमा बिक्री गर्न बाध्य छन् । पछिल्लो समय बिचौलिया सक्रिय हुँदा किसान मारमा परेका कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका बजार व्यवस्थापक शम्भुप्रसाद घिमिरेले बताउनुभयो ।

बजारमा अहिले भारतीय गोलभेँडा धेरै भित्रिएको छ, जिल्लामा पनि धेरै नै उत्पादन हुँदा किसानले उचित मूल्य पाउन नसकेका कृषि थोक तरकारी बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका व्यापारी तोरनबहादुर मगरले बताउनुभयो ।

जिल्लाको लालबन्दी, रानीगन्ज, पत्थरकोट, चन्द्रपुर, हीरापुर, नवलपुर, अत्रौली, सासापुरलगायतका क्षेत्रमा गोलभेँडाको व्यावसायिक खेती गरिन्छ ।

लालबन्दी बजारबाट अहिले दैनिक २५ देखि ३० टन गोलभेँडा काठमाडौँको कालीमाटीलगायत देशका प्रमुख बजारमा निर्यात भइरहेको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीले जनाएको छ ।

कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले कृषि बजार निर्देशनालय, नगरपालिका, व्यापारी र किसानले संयुक्त रुपमा बजार भाउ तोक्नुपर्ने बताउनुहुन्छ ।

स्थानीय सरकारले बेवास्ता गर्दा आफूहरु मर्कामा परेको किसानहरुको गुनासो छ ।

बुधबार, १८ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो