Trending
भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको खरिद दरमा उल्लेखनीय वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य असामान्य रूपमा बढेपछि नेपालका लागि इन्धन आयात लागतमा ठूलो अन्तर देखिएको हो।
नयाँ दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४१ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९४ रुपैयाँसम्म बढेर आएको छ। भारतीय पक्षबाट आएको यो वृद्धि पछिल्ला समयकै उच्चमध्ये एक मानिएको छ, विशेषगरी डिजेलमा देखिएको उल्लेख्य वृद्धिले थप दबाब सिर्जना गरेको छ।
यति ठूलो मूल्यवृद्धिका बावजुद नेपालमा भने हाललाई पुरानै खुद्रा मूल्य कायम राखिएको छ। नेपाल आयल निगमले उपभोक्तामा तत्काल असर नपरोस् भन्ने उद्देश्यले मूल्य नबढाउने निर्णय गरेको हो। निगमले मूल्य स्थिरीकरण कोष तथा सञ्चित नाफा प्रयोग गरेर बजारमा मूल्य स्थिर राख्ने नीति अपनाएको जनाएको छ।
यस निर्णयले उपभोक्तालाई केही राहत दिए पनि निगममाथि भने आर्थिक दबाब बढ्ने देखिएको छ।