file photo

पहिला कोरिखा गाउँका‍ अधिकांश महिला खेतीपातीमा रमाउँथे। महिलाको दैनिकी घर, परिवार र खेतीपाती सम्हाल्ने हुन्थ्यो। तर, पछिल्लो समय होमस्टे (घरबास) सञ्चालनमा आएपछि गाउँमा आयआर्जन गर्ने नयाँ माध्यम बन्नुका साथै यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन्।

तनहुँको बन्दीपुर गाउँपालिका-५ मा रहेको कोरिखा सामुदायिक घरबास वि.सं. २०७५ देखि सञ्चालनमा आएको हो। सुरुआतमा गाउँका २४ मध्ये ११ परिवारको सहभागितामा सञ्चालनमा ल्याइएको घरबास अहिले विस्तार हुँदै गएको छ।

सामुदायिक घरबासको आफ्नै भवन निर्माण सम्पन्न भइसकेको जनाउँदै घरबासकी अध्यक्ष सावित्री गुरुङले ५० जना पाहुना सहिजै बस्न मिल्ने गरी संरचना बनाइएको बताइन्।

गाउँमा रोजगारीको अभावका कारण युवा वैदेशिक रोजगारीमा जान बाध्य भएको उल्लेख गर्दै उनले भनिन्, ‘युवालाई गाउँमै रोक्न सकियोस् भन्ने उद्देश्यले आफ्नै ठाउँमा केही गरौँ भन्ने सोचबाट होमस्टे सुरु गरेका हौँ।’

बन्दीपुर-५ को कोरिखा क्षेत्रमा घरबास सञ्चालन गरिरहेकी सोममाया गुरुङले भनिन्, ‘पहिला घरधन्दा र खेतीपातीमै समय बित्थ्यो। होमस्टे सुरु भएपछि पाहुनालाई सेवा दिन पाउँदा सानो भए पनि आम्दानीको बाटो खुलेको छ। आफ्नै घरबाट आम्दानी हुन थालेपछि आत्मविश्वास पनि बढेको छ।’

घरबास सञ्चालक चिनीमाया गुरुङले आम्दानीको स्रोत बनेपछि गाउँमै केही गर्न सकिन्छ भन्ने विश्वास बढेको बताइन्। कम आम्दानी भए पनि घरखर्च चलाउन सहज भएको उनको भनाइ छ। पाहुनासँग घुलमिलले संस्कृति, कला, परम्परा चिनाउन पाउँदा खुसी लाग्ने उनको अनुभव छ।

घरबासमा आउने पाहुनालाई बेलुकाको खाजा, खाना र बास तथा बिहानको खाजासहित प्रतिव्यक्ति ८०० रुपैयाँको एकमुष्ट योजना (प्याकेज) उपलब्ध गराउने गरिएको चिनीमायाले जानकारी दिइन्।

‘यहाँ विशेषगरी स्थानीयस्तरमा उत्पादित ढिँडो, लोकल कुखुरा, खसी तथा बोकाको मासु, कोदोको रोटी र मह खुवाउने गरिन्छ। साथै स्थानीय संस्कृति झल्कने कौरा, चुड्का र घाटु नृत्यसमेत प्रस्तुत गरिन्छ,’ उनले भनिन्।

पर्यटन पहुँचका हिसाबले पनि कोरिखा सहज स्थानमा पर्दछ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५, याम्पाबाट करिब छ किलोमिटर दूरीमा रहेको कोरिखा सवारीसाधनबाट करिब १५ मिनेटमा पुग्न सकिन्छ। त्यस्तै डुम्रेबाट बन्दीपुर हुँदै वा बन्दीपुर बजारबाट बाहुन भञ्ज्याङ पार गरी करिब १५ मिनेटको सवारीयात्रामा कोरिखा पुग्न सकिन्छ। रासस

बुधबार, २ पुस, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !