Trending
समाजसेवी तथा प्रख्यात हिमाल आरोही मिङ्मा शेर्पाले काठमाडौको गोकर्णेश्वरमा निर्माणाधिन संखुवासभा भोटे गुम्बालाई पाँचलाख रुपैया सहयोग गरेकाछन् । गिनिज बुक वल्र्ड रेकर्डर शेर्पाले गुम्बाको निरिक्षण गर्दे संखुवासभा भोटे गुम्बाका अध्यक्ष ताप्चेन भोटेलगायतका पदाधिकारीलाई भेटेर गुम्बाको हालको निर्माणको अवस्थाबारे जानकारी लिएकाहुन् ।

सेभेन समिट ट्रेकका अध्यक्षसमेत रहेका शेर्पाले संखुवासभाको भोटखोलाबाट आएर काठमाडौमा गुम्बा निर्माण गर्नुले संखुवासभाबासीबीचको एकतालाई थप मजबुत बनाएको बताए । उन्ले अन्य जिल्लाभन्दा संखुवासभाको पहिचान र परिचय बिशिष्ट रहेको पनि बताए । गुम्बा निर्माणले भोटेसमूदायको पवित्रतालाई दर्शाएको उन्को भनाई थियो । उनले समाजमा इमान्दार मान्छेले चाडै प्रगति गर्ने भन्दै भोटेसमूदायलगे गुम्बा निर्माण गरेको प्रति खुशी व्यक्त गरे । उन्ले आफ्नो सहयोग निरन्तर रहने वचन पनि दिए । छोटो समयमै संखुवासभा भोटे गुम्बाको निर्माणको प्रगति भएको भन्दै शेर्पा समुदायको पनि गुम्बा निर्माणको अठोट रहेको बताए ।
उन्ले सबै क्षेत्रमा आफूले निस्वार्थ सहयो गर्दे आएको पनि उल्लेख गरे । संखुवासभा भोटे गुम्बा र समुदायले पनि समामजसेवी शेर्पाले गरेको पवित्र सहयोगको स्वागत गर्दे धन्यवाद दिएका थिए । नेपाल बौद्ध धर्म संरक्षण संघका अध्यक्ष मिथुन चाङबा भोटेले गुम्बा निर्माणको काम तिव्र रुपमा भई रहेको भन्दै सहयोगलागि पनि सबैसंग आग्रह गरे ।